Published On:Monday, March 9, 2015
Posted by Unknown
बलिउड बादशाह शाहरूख खान काठमाडौंमा
२५ फागुन काठमाडौं - बलिउड बादशाह शाहरुख खान काठमाडौं आइपुगेका छन्। उनी सोमबार अपरान्ह ३.३० बजे आफ्नो निजी विमानबाट काठमाडौं आइपुगेका हुन्।
न्यारोल्यक पेन्टस्ले राजधानीको हायत होटलमा आयोजना गरेको विशेष कार्यक्रममा सहभागी हुन अभिनेता खान काठमाडौं आएका हुन्।
शाहरुखले न्यारोल्यक पेन्ट्सका बिजेता र न्यारोल्याक विग आइकनका बिजेतालाई बधाईसहित पुरस्कार हस्तान्तरण गर्ने कार्यक्रम छ।
काठमाडौं ओर्लिए लगतै शाहरुखले ट्वीट गर्दै आफू केही वर्षअघि नेपाल आएको र अहिले आउँदा सुदख अनुभूति भएको उल्लेख गरेका छन् । उनी हिजै काठमाण्डौ आउने कार्यक्रम भए पनि काठमाण्डौ को हावई ट्राफिक जामको कारण आजमात्र आएका हुन् ।
Just landed in Kathmandu. Years ago I had come here...feels so pleasant and calm here.
— Shah Rukh Khan (@iamsrk) March 9, 2015



