Published On:Saturday, March 7, 2015
Posted by Unknown
होली खेल्न जाँदा बलात्कार गरेको भन्दै हवल्दार पक्राउ
२४ फागुन, सिराहा- सशस्त्र प्रहरी बेस क्याम्प सुखिपुरमा कार्यरत सशस्त्र प्रहरी हबल्दार प्रमोदकुमार श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
सुखिपुरबासीले स्थानीय एक महिलालाई जबरजस्ती करणीको आरोप लगाएपछि प्रहरीले श्रेष्ठलाई नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरी हबल्दार श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय सिरहामा थुनामा राखि अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रामकृपाल साहले बताए ।
ईलाका प्रहरी कार्यालय सुखिपुरका प्रहरी नायब निरीक्षक आशनारायण चौधरीले राम्रो चिनाजान रहेको स्थानीय एक युवकको पत्नीसँग सशस्त्र प्रहरी हबल्दार श्रेष्ठ होली पर्वको अवसरमा रंग खेल्न गएपछि विवाद भएको बताए ।


