Published On:Thursday, March 5, 2015
Posted by Unknown
पोर्चुगलको होली
२१ फागुन, काठमाण्डौ, - हिन्दूहरुको पौराणिक कथासँग जोडिएको होलीले भने युरोप र दक्षिण अमेरिकी देशहरूमा ब्यबसायिक रुप लिएको छ। वर्षेनी युरोपका बिभिन्न शहर, ब्राजीलको साउ पाउलो र रियो दे जेनेइरो, अर्जेन्टिनाको ब्युनस आयर्स, एल साल्भाडोरमा होली मनाइन्छ।
पोर्चुगलमा पाँच बर्षदेखि बिभिन्न शहरमा होली मनाउने गरिएको छ। रंगहरूको पर्वको रूपमा मनाइने होलीको अवसरमा पिचकारी, लोला र नानाभातिका रंगहरू छ्यापेर नेपाल भारतमा जस्तै होली मनाइन्छ। नाम चलेका संगीत समूहहरूले कन्सर्ट गर्छन र मञ्चबाटै दर्शक तिर लोला हानेर होलीको उद्घाटन गर्छन।
युरोपकै पहिलो आयोजक उत्तरी पोर्चुगलको समुद्री तट मातोजिनोस नगरपालिका हो। नगर प्रमुख डाक्टर गिल्हेरम पिन्तो भन्छन, ‘भारतबाट मसला, सुर्ती, सुतीको कपडा र बिभिन्न समान हाम्रै नगरपालिका भएर भित्रन्छ। हामीहरुले ओलिभ तेल, अंगुरको रक्सीहरू बेच्ने गर्छौं. तपाईलाई थाहै होला, गोवा, दिउ र दमाउ पोर्चुगलको औपनिबेश भएका हुन्। यही सन्दर्भमा भारतीय मित्रहरूसंग कुरा हुदा होलीको बारेमा थाहा भयो. खेलकुदका सरसामान बिक्रि गर्ने स्पोर्ट जोन कम्पनीले खर्च बेहोर्ने भयो। अनि हामीले शुरु गरेका हौं।’
नगर प्रमुख भन्छन, ‘हिन्दूहरूको तिथि अनुसार गर्न मौसमको कारणले मिल्दैन। जाडोको बेला पर्छ. समुद्री किनार. गर्मि बढेको र बिदाको बेला पारेर होली मनाइन्छ. यसले हाम्रो ब्यापारमा ठूलो मदत पुग्छ. संसारभरिका पर्यटक आउछन, होटेलको व्यापार, रेस्टुराँहरूको व्यापार र हाम्रा उत्पादनको बिक्रि हुन्छ।’ @Setopati



