Published On:Monday, March 2, 2015
Posted by Unknown
अब प्रिपेड र पोष्टपेडबीच पनि ट्रान्सफर हुने
१९ फागुन,काठमाण्डौ- नेपाल टेलिकमले आफूले उपलब्ध गराउँदै आएको टेलिफोन सेवाहरुमा एकअर्कामा
रकम ट्रान्सफर गर्नसक्ने सुविधा थप गर्ने भएको छ । जीएसएम
टेलिफोनअन्तर्गतको प्रिपेड मोबाइल सेवामा मात्र रहेकाले यो सुविधालाई
टेलिकमले अन्य सेवासँग पनि जोड्ने योजना बनाएको आजको अभियान दैनिकमा खबर
छापिएको छ।
योजना सफल भएसँगै पीएसटीएन, सीडीएमए र जीएसएमका ग्राहकले सजिलै एकअर्कोमा
रकम ट्रान्सफर गर्न सक्नेछन् । ट्रान्सफर सुविधालाई अन्य टेलिफोनसँग पनि
जोड्नुपर्ने ग्राहकको मागलाई ध्यानमा राखेर यस्तो योजना बनाइएको टेलिकमका
सूचनाप्रविधि शाखाका निर्देशक रवीन्द्र झाले बताए । ‘ट्रान्सफरको यस्तो
सुविधा उपलब्ध गराउने विषयमा अहिले अध्ययन भइरहेको छ,’ उनले भने, ‘आगामी
आर्थिक वर्षभित्र यस्तो सुविधा उपलब्ध गराउने गरी तयारी गरिरहेका छौं ।’


