Published On:Monday, March 9, 2015
Posted by Unknown

हृदयन्द्र राजा बन्ने सहमति ?


hridayendra
२५  फागुन, काठमाडौं– २०६३ बैशाख ११ गते तत्कालीन महाराजा ज्ञानेन्द्र शाहको सम्बोधन आउनुभन्दा पहिले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निवास बालुवाटारमा हृदयन्द्र शाहलाई बेबी किङ बनाउने सहमति भएको निर्मल निवासले अहिले दाबी गरिरहेको छ ।

उक्त सहमति हुनुभन्दा पहिले नेपाली,कांग्रेस,नेकपा एमाले तथा तत्कालीन माओवादीका सबै नेताहरुको बीचमा सहमति भएको थियो । माओवादी अध्यक्ष प्रचण्डले पनि सहमति जनाएको निर्मल निवास स्रोतको दावी रहेको छ । २०७१ फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजाले दिएको वक्तव्य त्यसैको आधारमा आएको र सहमति बारे उल्लेख गर्न बाध्य हुनु परेको पूर्व महाराजाको बाध्यता भएको एकजना राजावादीले जानकारी दिए । तर,कांग्रेस तथा एमालेका नेताहरुले यस भनाइ र दाबीलाई अस्वीकार गरिरहेका छन् । तत्कालीन अवस्थामा मुख्य वार्ताकार कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले त्यस्तो कुनै सहमति नभएको दाबी गरिरहेका छन् । आजको साँघु साप्ताहिकमा खबर छ ।
 

0 comments for "हृदयन्द्र राजा बन्ने सहमति ?"

Leave a reply

    Popular Posts

    Blog Archive