Published On:Monday, March 9, 2015
Posted by Unknown

अमेरिकाबाट नेपालीलाई ‘सगुन’


परशु तिमल्सिना


पेन्टागन आफैँमा एक शक्ति हो। यो विशाल भवनभित्र जागिर खानु अर्को शक्तित्यसमाथि पनि नेपालीले। तरगुगल र याहुलाई टक्कर दिन्छु भनेर पेन्टागनको खाइपाई आएको जागिर छाड्यो भने समाजले के भन्लापागल!
हो, उनै पागल’ गोविन्द गिरीको ‘क्रियसन’ हो, सामाजिक सञ्जाल ‘सगुन’।  हाल डेढ लाखभन्दा बढी प्रयोगकर्ता रहेको सगुनको सामाजिक सञ्जाल गत वर्ष जुलाईमा मात्र सार्वजानिक भएको थियो। यसको दोश्रो संस्करणको सुरुवात काठमाडौँमा गरिएको छ।
‘धेरै साइनबोर्ड भएको ठाउँमा पुगियो भने साइनबोर्ड हेरेरै धेरै कुरा सिकिन्छ,’ एसएलसी पास गरेपछि सहरमा नै पढ्न जाओस् भनेर हौसला दिन यसो भनेका थिए, गाउँका कान्छा मजिया (मुखिया) प्रदिप राईले गोविन्द गिरीलाई।
तिनै गोविन्द गिरी इन्टरनेटको दुनियाँबाट नेपाल र नेपालीलाई चिनाउने अभियानमा पेन्टागनको सिस्टम इन्जिनियरको जागिर छोडेर अहोरात्र खटिइरहेका छन्।
* * *
गोविन्द गिरी एसएलसी पास गरेपछि धेरै साइनबोर्ड पढ्न पाइने’ काठमाडौँ हुइँकिए। अर्थशास्त्रमा स्नातक सके। सन् १९८८/८९ तिर नेपालमा खुलेको उत्तम कम्प्युटर इन्स्टिच्युटमा कम्प्युटरसँग उनको पहिलो भेट भयो। संसारका लगभग सबै साइनबोर्ड पढ्न पाइने कम्प्युटरमा औंला दौडाउँदा र दिमाग खेलाउँदा उनलाई लाग्यो- मेरो क्षेत्र यही हुनेछ।
‘जब मैले डस बेसमा पहिलोपटक कम्प्युटर चलाएँमलाई लाग्यो म गर्न सक्छु,’ कम्प्युटर सिक्दाका सुरुवाती दिन सम्झछन् उनी।
सन् १९९३ मा कम्प्युटर साइन्स पढ्न ‘धेरै साइनबोर्ड भएको देश’ अमेरिका आइपुगेँ। मिसिगनको एन्ड्रयु युनिभर्सिटीबाट कम्प्युटर प्रोगामिङजर्ज मेसन युनिभर्सिटीबाट सिस्को र माइक्रोसफ्ट वर्ड पढेँ। अनि स्ट्यान्डफोर्ड युनिभर्सिटीबाट वायरलेस सिस्टममा मास्टर्स गरेँ।
अमेरिकामा नाम र दाम दुवैले अत्यन्तै महत्त्वपूर्ण मानिने पेन्टागनमा सिस्टम इन्जिनियरको जागिर सुरु गरे २००३ मा। कम्प्युटर र सर्च इन्जिनमा डुबुल्की मार्नु पर्ने काम। इन्टरनेटको संसारमा रमाउने मात्र नभई ‘के?’ ‘किन?’ ‘कसरी?’ जस्ता खोजयुक्त प्रश्नहरूसहित काम गर्थे उनी। विश्वको पहिलो इन्टरनेट सर्च इन्जिन ‘अल्टा भिस्टा’लाई याहुले किनेको समाचारले उनमा जिज्ञासा बढायो।
ध्यान तान्यो याहु र गुगल सर्च इन्जिनको विशेषताले। ‘न्युज सर्च गर्दा ग्रुपमा रिजल्ट आउने तर वेब सर्च गर्दा १० वटा सिंगल लिंक आउने। किन वेब पनि ग्रुपमा नआउनेकिन १० वटाभन्दा बढी नआउनेयो प्रश्नले बारम्बार झक्झकाई रह्यो,’ उनी भन्छन्‘थुप्रै अध्ययनअनुसन्धान गरेर पत्ता लगाई छाडेँ, यो प्रश्नको पछाडि रहेको प्रविधि। एलएसटी र एसभिडी प्रविधि प्रयोग गरिएको सर्च इन्जिनको विशेषता यस्तो हुने रहेछ। तर यो प्रविधि धेरै खर्चालु हुने रहेछ।’
आफ्नो खोजीलाई ‘यस्तो किन?’ बाट ‘अर्को के?’ तिर मोडे। टिम बनाए। विद्यमान सर्च इन्जिनभन्दा छिटोस्तरीय र आफूले खोजेकोजस्तो बनाउन सकिने गणितीय सूत्र फेला पारे। ‘तर त्यो सूत्रको समाधान खोज्न जर्ज वासिङटनदेखि स्ट्यान्डफोर्ड युनिभर्सिटीका गणितका प्रोफेसरहरूसम्म पुगेँ। पत्ता लागेन,’ उनी सुनाउँछन्‘भारतको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीका कम्प्युटर साइन्सका प्रोफेसर निलाद्री चटर्जीकहाँ पुगियो। पत्ता लगाएर छाडियो।’
आमाको थैलीबाट १४ सयसहित साथीहरूको सहयोग र ऋणबाट जम्मा गरेको २ लाख २८ हजार डलर खर्च गरेर नयाँ तरिकाको सर्च इन्जिन बनाउने प्रविधि तयार पारे। २८ जनवरी२००९ को दिन पत्रकार सम्मेलन गरेर सगुन डट कम अस्तित्वमा ल्याए।
सुरु गरेको दिनदेखि भिजिटरको यति धेरै फ्लो बढ्यो कि यसको वेब सर्भरहरू क्र्यास हुन थाले। त्यो सम्झँदा उनको अनुहारमा खुसी दौडिन्छ।
सगुन सुरु गरेको दुई दिनपछि गुगलको तत्कालीन डाइरेक्टर अफ बिजिनेसले उनलाई फोन गरिन्- ‘गुगलबाट तिमी के चाहन्छौँ?
गिरीले भने, ‘चार मिलियनको विज्ञापन साझेदारी गरौँ।’
त्यसको दुई दिनपछि गुगलबाट फेरि फोन आयो। फोन गर्ने तिनै महिला थिइन्। ‘तिम्रो माग हामीले स्विकार्न सकेनौँ,’ उनले फेरि दोहोर्‍याइन्, ‘तर तिमी के चाहन्छौँ?’
त्यो सोधाइको अर्थ उनले अहिलेसम्म बुझेका छैनन्। तर गुगलको यो फोनले उनको हौसलामा घिउ थप्ने काम गर्‍यो।
उनले याहुसँग पनि सम्बन्ध जोड्न कोसिस गरे। याहुको विज्ञापन सगुनको साइटमा देखाउने सहमति भयो। विज्ञापन कसैले खोल्यो भने याहुले पाउने रकमको ८० प्रतिशत आफूले पाउने सर्त थियो। यसले पनि उनलाई फरक र राम्रोले प्रतिफल पाइन्छ भन्ने विश्वास बढेर गयो।
‘एक सातापछि सम्झौता पत्रमा हस्ताक्षर गर्ने गरी कनेक्टिकट भेन्चर क्यापिटल फर्मले २५ प्रतिशत सेयरसहित ४० लाख डलर लगानीको सम्झौता गर्ने कागजपत्र तयार भयो। तर २००८/०९ देखि सुरु भएको विश्व आर्थिक मन्दीको कारण देखाएर उनीहरू पछि हटे,’ सुरुवाती दिनमा ठूलाहरूसँगको सम्बन्ध सम्झछन् उनी।
आफ्नो दुनियाँका ठूलाहरू गुगलयाहु र लगानी क्षेत्रका ठूलो भेन्चर क्यापिटलजस्ताले उनको कामको अस्तित्त्वलाई महत्त्व दिए। त्यसैमा उनी खुसी भए। आफूले सोचेको ठूलो सपना पूरा हुने लक्षण देखे। विजेताले लडेको जमिन हेर्दैनउठेर जहाँ पुग्ने हो,त्यहाँ आँखा लगाउँछ। गिरीमा तिनै विजेताका लक्षणहरु स्पष्ट देखिँदै आइरहे।
भेन्चर क्यापिटलको निर्णयले उनलाई बिरामी बनायो। तर केही गर्नै पर्छ र सकिन्छ भन्ने सपना बोकेका उनलाई त्यसले रोक्न सकेन। फेरि लागे अनुसन्धानमा। खोजीको कोण बदले। गुगल सर्च गर्नेभन्दा फेसबुकमा कन्टेन्ट सेयर गर्ने करिब ३०० मिलियन बढी रहेछन्। खोजी र यात्रालाई त्यतै मोडे।
एकै ठाउँबाट सबै कुरा गर्न सक्ने प्रविधिको परिकल्पना गरे। त्यसको प्रारूप तयार पारे। परिकल्पनाको संसार बोकेर पुरै अमेरिका घुमे। सबैलाई आफ्नो योजना सुनाएदेखाए र बुझाए। दुई सयभन्दा बढी ठूला लगानीकर्तालाई इमेल लेखे। प्रतिक्रिया अत्यन्तै उत्साहप्रद थिए- तिम्रो यो योजनाले भविष्यमा अरु सबैलाई  विस्थापित गर्छ।
तर पैसाको सहयोग कसैले गरेनन्।
सबैले भविष्य राम्रो देख्ने तर राम्रो भविष्यमा लगानी गर्न अगाडि नसर्ने। उनका लागि यो रहस्य ‘कागलाई बेल पाके’जस्तै भयो। भेन्चर क्यापिटलका एक जनाले बेल फुटाइदिए- तिम्रो परिकल्पना र योजना राम्रो छ। तर विश्वास गर्ने आधार केयो क्षेत्रमा तिम्रो परिचय के छविचार र उत्पादनमा होइनमान्छे र ऊप्रतिको विश्वासमा लगानी गर्ने हो।
गोविन्दको आँखा खोलिदिए उनले- तिमीलाई विश्वास गर्ने समुदायमा जाऊ। तिम्रो ठूलो योजनाको सानो अंशलाई प्रयोगमा ल्याऊ। उनीहरूलाई विश्वास दिलाऊ। अनि तिम्रा ठूला योजनाका अंश थप्दै जाऊ। तिमीले विश्वास पनि कमाउँछौतिम्रो उत्पादनले बजार पनि बनाउँदै जान्छ। तिम्रो परिचय पनि बढ्दै जान्छ।
अनि लागे दत्तचित्त भएर कर्ममा।
‘गन्तव्य मसँग थियो। यी सबै कुराले बाटो देखाए। सधैँ हामी अरुको विचार र उत्पादनको उपभोगमा नै रमायौँ। अब विश्वलाई हाम्रो उत्पादनमा रमाउन लगाउने अठोट गरेँ। अनि सन् २०१३ मा पेन्टागनको जागिर छोडेर घरको छिँडीबाट अहिलेको सगुनको फेरि सुरुवात गरेँ,’ दृढ विश्वास र गर्विलो जोश निकालेर उनी सुनाउँछन्।
हाल भारतमा सगुनको अपरेटिङ कार्यालय खोलर १० जना प्राविधिक कर्मचारी सहित अहोरात्र खटिरहेका उनी भन्छन् - कविन्द्र सिटौला सगुनको अभियानका अर्का मुख्य खम्बा हुन्।
‘आफूले चिनेको साथी प्रतिष्ठित जागिर छोडेर एक्लै दौडिरहेको देखरे मलाई जिज्ञासा बढ्यो। सबै कुरा बुझेपछि उनको योजना र अठोटलाई सहयोग गर्ने निधो गरेँ,’ गिरीका सहकर्मी कविन्द्र सिटौला भन्छन्, ‘तीन महिनासम्ममा तीन मिलियन डलरसम्मको बाहिरी लगानी भित्र्याएर तीन वर्षमा पाँच विलियनभन्दा ठूलो प्रोजेक्ट बनाउने लक्ष्य छ।’
* * *

सगुन डट कममा गएर सजिलै साइन अप गर्न सकिन्छ। गोप्य सन्देशविशेष अवसरमा तीनवटासम्म फोटा एकैपटक पठाउन सकिन्छ र प्रयोग गरेबापत प्रोत्साहन स्वरूप पैसा प्राप्त हुने जस्ता नयाँ विशेषता पनि छन् ।
कहाँबाट आउँछ त पैसा?
‘हाम्रो साइटमा देखिने विज्ञापन साझेदारहरूबाट आएको पैसा हामीले नलगेर प्रयोगकर्तालाई दिने निर्णण गरेका हौं। हामीले हाम्रो खल्तीबाट प्रयोगकर्तालाई पैसा दिने होइन।’
गिरी सगुनबारे प्रष्ट्याउँछन्- यो सोसियल मेडिया होइनएप्लिकेसन अपरेटिङ सिस्टम हो। यो अप्रेटिङ सिस्टम मात्र पनि होइन,सामाजिक सञ्जाल पनि होइनसर्च इन्जिन पनि होइन तर सबै हो।
उनको भनाइ अनुसार सगुनमा अरुको जस्तै विशेषता पनि हुन्छन् तर साथमा ती सबैमा नभएका विशेषता र तिनीहरूमा प्रयोग नगरिएको प्रविधि पनि छ। ‘अहिले विश्वमा कसैसँग नभएको प्रविधि पनि हामीसँग छ। हालको सगुनलाई विकास र विस्तार गर्ने क्रममा त्यो प्रविधिलाई क्रमशः प्रयोग गर्दै लान्छौँ,’ उनी प्रष्ट पार्छन्। 
चीनमा सुरु भएको ‘अलिबाबा’लाई चाइनिजले अमेजनभन्दा ठूलो बनाए। भारतीयहरूले ‘फ्लिप कार्ट’मा अमेरिकन लगानी भित्र्याउन सहयोग गरे। ‘मैले नेपालीसँग पनि राख्ने अपेक्षा सामान्य छमात्र एउटा खाता,’ गिरीसँगै बसेका सिटौलाले थपे, ‘यो एक नेपालीले गुगल र याहुलाई दिन खाजेको दुस्साहसपूर्ण चुनौती हो। @setopati’

0 comments for "अमेरिकाबाट नेपालीलाई ‘सगुन’"

Leave a reply

    Popular Posts

    Blog Archive