Published On:Saturday, January 3, 2015
Posted by Unknown

माघ ८ टार्ने बहाना खोज्दै प्रमुख दलहरु


२०,पुस काठमाडौं– संविधान निर्माणका लागि दलहरूले आफैले तोकेको माघ ८ लाई टार्न बहानाको खोज्न थालेका छन् ।

प्रधामनमन्त्री निवास बालुवाटारमा शनिबार भएको कांग्रेस, एमाले, एमोवादी र मधेशी मोर्चाको बैठकमा त्यस्तै बहाना निकाल्नेबारेमा छलफल भयो ।
एमाओवादीले संविधान निर्माण र शान्ति प्रक्रियामा प्याकेजमै सहमति हुनुपर्ने शर्त राखेको छ । एमाओवादीले संविधानसँग शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्नुपर्ने धारणा राखेको हो ।
‘एमाओवादीले सबै कुरा प्याकेजमा गरौ भन्ने प्रस्ताव राख्यो’ कांग्रेस उपसभापति रामचन्द्र पौडेलले भने, ‘संविधानका बिषयमा खासै छलफल भएन ।’ उनले सहमतिका लागि बिभिन्न विकल्पमा छलफल भए पनि टुंगोमा नपुगेको जनाए ।
संविधान निर्माणको समयसीमा नजिकिदै गर्दा आलोपालो नयाँ शर्त राख्ने काम प्रमुख दलले गरेका छन् । केही दिन अघि कांग्रेस, एमालेले विपक्षी एमाओवादीले सुन्नै नचाहने गरी संघीयताबारे प्रस्ताव राखे । आजको कान्तिपुर दैनिकमा खबर छ ।

0 comments for "माघ ८ टार्ने बहाना खोज्दै प्रमुख दलहरु"

Leave a reply

    Popular Posts

    Blog Archive