Published On:Thursday, January 22, 2015
Posted by Unknown
अफ्रिकी विद्रोहीसँग नेपाली सेनाका हतियार
तत्कालिन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा नेपाली सेनाले चीनबाट मगाएको सैन्य हतियार अफ्रिकी मुलुकका विद्रोहीको हातमा फेला परेको खुलासा भएको छ ।
हातहतियार सुरक्षा क्षेत्रमा काम गर्ने एक बेलायती संस्थाले गरेको अनुसन्धानमा नेपाली सेनाले सैन्य अभ्यासका लागि चीनबाट मगाइएका हजारौ हतियार तथा गोलाबारुद सेन्ट्रल अफ्रिकन रिपब्लिककम विद्रोही समूह सिलेका र एन्टिबालका लडाकुसँग भेटिएका हुन् । बेलायतको लन्डनस्थित कन्फि्लक्ट आर्मामेन्ट रिसर्च लिमिटेडले यही जनवरीमा सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनमा यस्तो पाईएको हो ।
अफ्रिकी बिद्रोही समूहहरुले चीनबाट नेपालका लागि पठाइएका विभिन्न हात हतियार आन्तरिक तथा बाह्य दुबै स्रोतबाट प्राप्त गरेको सो प्रतिवेदनमा उल्लेख छ। नागरिक दैनिकमा समाचार छ ।


