Published On:Friday, January 16, 2015
Posted by Unknown
पेरिसडाँडा संविधान बन्न नदिने केन्द्र बनेको छ: अध्यक्ष ओली
शुक्रबार आफ्नो निवास बालकोट भक्तपुरमा अध्यक्ष ओलीले एमाओवादी माघ ८ गतेसम्म सहमतिको कुरा गर्नुपर्छ भन्दै प्रक्रिया सुरु हुन नदिएर माघ ८ लाई पछि धकेल्ने रणनीतिमा रहेको बताए ।
उनले भने–‘८० प्रतिशतको कुरा नमान्ने २० प्रतिशतको कुरा मात्रै मान्ने कामहुन सक्दैन । संविधानजारी गर्न सहमति गर्नुपर्ने बेलामा १०५ दलको मोर्चा किनबनाउनु पर्यो ? एमाओवादीले एक वर्षभित्र संविधान दिन्छु भनेर गरेको भिष्म प्रतिज्ञा कता हरायो ?’
उनले एमाओवादीको नियत पहिला देखि नै माघ ८ मा संविधानजारी गर्न नदिने रहेको ठोकुवा गर्दै एमाओवादी नेताकै नेतृत्वमा रहेको राजनीतिक संबाद समितिले सहमतिको नाममा समय घर्काएको आरोप लगाए । ओलीले भने– ‘यस्तो तालले सहमतिको कुरा गरिरहने हो भने सय वर्षमा पनि संविधान जारी हुँदैन ।’
ओलीले विधि प्रक्रियाबाट गरौँ भन्दा रगतको खोला बगाउँछौ भन्नेहरु कुनै पनि हालतमा संविधान आउन नदिने पक्षमा रहेको दावी गर्दै अब सञ्चारमाध्यमहरुले पनि गोलमटोल कुरा नगरी कसले संविधान बनाउन दिएन भन्ने कुरा स्पष्ट लेख्नुपर्ने बताए ।
ओलीले अन्तरिम संविधानमा रहेका हानिकारक विषयहरुलाई हटाएर नेपालको संविधान बनाउन सकिने पनि बताए । उनले भने– ‘हानिकारक विषय संविधानमा रहन सक्दैन, यदि अन्तरिम संविधानलाई नै नेपालको संविधान बनाउँदा एमालेलाई आपत्ति छैन, अन्तरिम संविधानमै दलहरुवीच सहमति हुन्छ भने शान्ति प्रक्रिया नखल्बल्याउने, भिडन्त, हिंसा र द्वन्दमा नधकेल्ने, मधेश र पहाडलाई नटुक्र्याउने गरी, लोकततान्त्रिक मूल्य र मान्यतामा सम्झौता नगरी, राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई अक्षुण राख्नेगरी अन्तरिम संविधानलाई नै नेपालको संविधानको रुपमाजारी गर्न सकिने बताए ।
ओलीले अन्तरिम संविधानमा रहेका हानिकारक विषयहरुलाई हटाएर नेपालको संविधान बनाउन सकिने पनि बताए । उनले भने– ‘हानिकारक विषय संविधानमा रहन सक्दैन, यदि अन्तरिम संविधानलाई नै नेपालको संविधान बनाउँदा एमालेलाई आपत्ति छैन, अन्तरिम संविधानमै दलहरुवीच सहमति हुन्छ भने शान्ति प्रक्रिया नखल्बल्याउने, भिडन्त, हिंसा र द्वन्दमा नधकेल्ने, मधेश र पहाडलाई नटुक्र्याउने गरी, लोकततान्त्रिक मूल्य र मान्यतामा सम्झौता नगरी, राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई अक्षुण राख्नेगरी अन्तरिम संविधानलाई नै नेपालको संविधानको रुपमाजारी गर्न सकिने बताए ।
ओलीले भने– ‘विवादमा रहेका सुनसरी, मोरङ, झापा, कैलाली र कञ्चनपुरलाई थाति राखेर, अन्य सहमति हुननसकेका विषयलाई पनि थाति राखेर संविधान जारी गर्न हामी तयार छौँ । यदि अन्तरिम संविधानकै हानिकारक विषयहरु हटाएर जनताको मौलिक हक सुनिश्चित हुने गरी संविधान जारी गर्ने हो भने पनि हामी त्यसमा तयार छौँ ।’ ओलीले विवादित पाँचवाट जिल्लालाई भने कुनैपनि हालतमा मधेश र पहाडवीच सम्बन्ध विच्छेद नहुनेगरी यथावत राखेर पनि एमाले संविधान जारी गर्नका लागि तयार रहेको बताए ।
उनले तराईलाई पहाडसँग कुनै पनि हालतमा अलग्याउन नदिने अडान ब्यक्तगर्दै अब माघ ८ गतेसम्म सहमति हुनै नसक्ने बताए । उनले भने–‘संविधान जारी गर्ने समयसीमा लम्बिन्छ । अब हामी प्रक्रियाबाट अघि बढेर संविधान दिन्छौ । तर त्यसको लागि केही समय अवश्य लाग्छ । त्यसैले अबपनि माघ ८ गते संविधान आउँछ भनेर भन्न सकिने अवस्था छैन ।’
ओलीले प्रक्रियाबाट संविधान जारी गर्ने भन्दै तीनओटा विकल्प समेत अघि सारेका छन् । उनका अनुसार ती विकल्पहरुमा पहिलो संबाद र सहमतिगर्ने, दोस्रो कुनै पनि एक दलको एक तीहाई भन्दा बढि नभएकोले दुई तीहाई बहुमत पुर्याउने, र तेस्रो दुई तिहाईलाई अत्याधिक बनाएर संविधान जारी गर्ने योजना सुनाए । ‘अब पूर्ण सहमतिहुन सक्तैन, त्यसैले प्रक्रियामा जानुको विकल्प छैन, उनले थपे ।
उनले लडेर ल्याएको विधी प्रक्रिया छाडेर जानन सकिने भन्दै विगतमाको कहाँका राजा थिए भन्ने आधारमा अहिले संघीयतामा जान नसकिने स्पष्ट पारे ।
उनले सबै जातीको अधिकतम सहभागिता गराउने गरी प्रादेशिक सभा गठन गर्ने भन्दै कुनैजातीको प्रदेश नबनाउने बताए ।
ओलीले सहमति गर्ने भन्ने कुरा जनताको एजेण्डालाई पुरा गराउने हुने भन्दै कुनै एक ब्यक्तिको सनक पुरा गर्न गर्न नसकिने समेत स्पष्ट पारे ।
पेरिसडाँडा संविधान बन्न नदिने केन्द्र बनेको छ
ओलीले पछिल्लो समय पेरिसडाँडा संविधान जारी गर्न नदिने उद्देश्यको केन्द्र बनेको समेत आरोप लगाए । पेरिसडाँडामा बसेर कसले के भन्छ भन्दै उनले त्यसवारेमा आफूले उत्तर दिन आवाश्यक नठानेको समेत जिकिर गरे ।
उनले विपक्षी मोर्चाहरुले सहमति हुन नदिईरहेको पनि आरोप लगाए । उनले भने– ‘उनीहरुले पहिला एउटा तारा माग्दैथिए तरअहिले त अर्को तार पनिमाँगेर हामी त लचिलो भयौँ भन्दैैछन् । यो कुनै लचिलोपन होईन, संविधान निर्माणलाई अड्काउने कामहो, यो संविधान बन्न नदिने चालबाजीहो । तारा झारेर दिन सकिदैन ।’
मधेशको ठेकेदार को हो ?
जमिनदारीको झझल्को आउनेहरुले मधेश र पहाडलाई अलगपार्ने सपना देखेको भन्दै उनले आफू, माधवकुमार नेपाल सहित मधेसवादीहरुको तीन गुणा बढी एमाले नेताहरुले मधेसको प्रतिनिधित्व गरिरहेको भन्दै मधेसवादी नेताहरु पुरानै जमिनदारी प्रथालाई निरन्तरता दिने जोडमा रहेको आरोप लगाए । उनले भने– ‘मधेशबाट एमालेलाई ३७ सीट दिएर जनताले पाठएका छन्, त्यसैले एमालेले जतिमधेश र मधेशीजनताको लागि कसैले पनिकाम गरेकै छैनन् । ’
उनले मधेशी नेताहरु मधेश र पहाडलाई अलग पारेर त्यहाँको जनतालाई अझै पनि शोषण गर्न चाहेको आरोप लगाउँदै आफ्नो पार्टीले कुनैपनि हालतमा त्यसो हुननदिने जिकिर गरे । ‘एमाले कुनैपनि हालतमा पनि पहाड र मधेशको सम्बन्ध टुटाउने र भौगोलिक अखण्डतालाई कमजोर पार्ने काममा सम्झौता गर्दैन, ओलीले थपे ।@nepalpati


