Published On:Friday, January 16, 2015
Posted by Unknown
माघ ८मा ‘साझा सन्देश’मात्र
०३ माघ, काठमाण्डौ,- दोस्रो संविधानसभाबाट संविधान जारी गर्न पूर्वनिर्धारित तिथि माघ ८मा पहिलो मस्यौदा पनि असम्भव भएपछि प्रमुख राजनीतिक दल यस अवधिमा मुलुक ‘संविधान निर्माण प्रक्रियामा प्रवेशमात्रै गरेको’ साझा राजनीतिक सन्देश दिने तयारीमा छन्।
सत्तारुढ नेपाली कांग्रेस, नेकपा एमाले, विपक्षी एकीकृत माओवादी तथा मधेसवादी दलबीच माघ ८मा साझा राजनीतिक सन्देश दिनेगरी शुक्रबारबाट छलफल अघि बढेको हो।
त्यस्तो सन्देश दिन सकेसम्म विवादित सबै विषयमा सहमति कायम गर्ने नभए संविधान नियमावलीअनुसार प्रश्नावली समिति बनाउने र त्यो पनि सम्भव नभए दुई तिहाइलाई ‘अत्यधिक मत’ बनाएर त्यही लमा विवादित विषय टुङ्गो लगाई नयाँ संविधान बनाउन मस्यौदा समितिमा पठाउने दलहरुको तयारी छ। आजको नागरिक दैनिकले समाचार लेखेको छ।


