Published On:Sunday, January 18, 2015
Posted by Unknown
भुवन केसीले ल्याउने भए अात्मवृत्तान्त
सदाबहार नायकको उपाधी पाएका अभिनेता भुवन केसीले सिनेमा निर्देशन गर्ने घोषणाले नेपाली सिनेनगरी तातिरहेको बेला उनले अर्को काम गर्न लागेको खुलासा भएको छ। भूवन केसी
सो पुस्तक लेखनको घोषणा सोमबार राजधानीको सिटिम्याक्स हलमा एक बजे गरिदैछ। किताबलाई कमल ढकालले लिपिबद्द गरेको हुन।
सेतोपाटीसँगको कुरा गर्दै लेखक ढकालले किताब लेखन करिब अन्तिमचरणमा पुगेको जानकारी दिएका छन। किताबलाई आगामी चैत २२ अभिनेता भुवन केसीको आमाको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिनेछ।
नेपाली सिनेनगरीमा ‘रोमान्स किगं’को उपनामले चिनिने भुवनको यस आत्मवृतान्नमा उनका अनेक महिलासँग जोडिएका रोमान्सका किस्साहरू कति खुल्लाढंगले प्रस्तुत गर्नेछन, त्यो सबैका लागि प्रतिक्षाको विषय हुनेछ।
पाठकहरुका लागि किताबलाई लेखन कम्पनी घोष्ट राइटिङ नेपालले निकाल्न लागेको हो। यसले यसअघि पाँचवटा किताबहरू प्रकासित गरिसकेको छ।


