Published On:Saturday, May 9, 2015
Posted by dadad
सिम्रौनगढ घटना छानबिन समितिको म्याद १५ दिन थप
विष्णु बोगटी ।
२६ वैशाख, काठमाडौं । व्यवस्थापिका संसदले बारा जिल्लाको सिम्रौनगढमा घटनाको छानबिन गर्न गठित संसदीय विशेष समितिको कार्यावधि १५ दिन थप गरेको छ । संसदको शनिबारको बैठकमा मितिका सदस्य रेशम बहादुर लामाले म्याद थप सम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए ।
व्यवस्थापिका संसदले मिति २०७१।६।२५ गते बारा जिल्लाको सिम्रौनगढमा भएको घटनाको सत्य तथ्य छानबिन गर्न सभासद अतहर कमाल मुसलमानको संयोजकत्वमा एउटा विशेष समिति बनाएको थियो भने उक्त समितिका कार्यावधि निकै पहिले नै समाप्त भए पनि संसद बैठक नबसेकाले म्याद थप सम्बन्धी प्रस्ताव प्रस्तुत हुन सकेको थिएन ।
यस अघि संसदको शनिबारको बैठकमा पनि पूर्व प्रधानमन्त्रीहरु शेर बहादुर देउवा, माधव कुमार नेपाल, झलनाथ खनाल, डा.बाबुराम भट्टराई लगायत विभिन्न राजनैतिक दलका सभासदहरुले यही वैशाख १२ गते मुलुकमा गएको महा भूकम्पका विषयमा केन्द्रीत हुँदै आ–आफ्नो धारणा राखेका थिए । संसद बैठक आजै आधा घण्टा पछि बस्ने गरि स्थगित गरिएको छ ।


