Published On:Thursday, May 7, 2015
Posted by dadad

६ दिन यताकै भूकम्पको ठूलो धक्का

२५ वैशाख, काठमाडौं । शुक्रबार बिहान ६ बजेर १७ मिनेटमा ६ दिन यताकै सबैभन्दा ठूलो भूकम्पको धक्का महसुस गरिएको छ । शुक्रबार विहान सवा ६ बजे ५ म्याग्निच्युटको भुकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

दोलखा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५ म्याग्नीच्युटको भूकम्प गएको भुकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिएका छन् ।

१२ गते शनिबार बिहान ११ बजेर ५६ मिनेटमा ७ दशमलव ६ म्याग्निच्यूटको ठूलो भूकम्प गएकाले साना भूकम्प जानु स्वभाविक भएको भूगर्भविद्हरुले बताएका छन् ।

यसरी साना भूकम्प गईरहँदा ठूलो भूकम्प जाने संभावना नभएको केन्द्रका प्रमुख अधिकारीले बताए । वैशाख १२ गतेको भूकम्पपछि लगातार साना भूकम्पहरु गइरहेका छन् ।

0 comments for "६ दिन यताकै भूकम्पको ठूलो धक्का"

Leave a reply

    Popular Posts

    Blog Archive