Published On:Thursday, May 7, 2015
Posted by dadad
व्यवस्थापिका संसदको अधिवेशनमा साझा संकल्प पेश हुँदै
२५ वैशाख, काठमाडौ । संबिधानसभाभवन नयाँ बानेश्वरमा शुक्रबार दिउँसो १ बजे व्यस्थापिका संसदको बैठकमा दलहरुको साझा संकल्प पेश हुँदै छ । बैठकमा प्रस्तुत गर्ने साझा संकल्पका विषयमा दलहरु छलफलमा जुछन् । ब्यबस्थापिका संसदको अधिवेशनमा शुक्रबार संकल्प प्रस्ताव प्रस्तुत हुने भनिएपनि दलहरुले साझा संकल्प अझै बनाउन सकिरहेका छैनन् । सर्बदलीय बैठकमा दलहरुले भुकम्प पिडितको लागि साझा संकल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसुचि रहेको छ ।
अधिवेशनमा शुक्रबार नै प्रधानमन्त्रि शुसिल कोईरालाले सम्बोधन गर्ने कार्यसुचि समेत रहेको छ । बैठक अघि महाभुकम्प पिडितलाई राहत र ब्यबस्थापिका संसदका अधिबेशनको संकल्प प्रस्तावको बिषयमा दलहरु आज पनि त्रिपक्षिय र सर्बदलीय छलफलमा जुट्ने भएका छन् । संकल्प प्रस्ताब तयारीका लागि प्रधानमन्त्री निबास बालुवाटारमा प्रमुख तीन दलको छुट्टै छलफल भएको छ ।
साझा संकल्प प्रस्तावको बिषयमा सबै दलको आ–आफ्नो प्रस्ताव भएकाले शुक्रबारको बैठकमा सबैको भावना समेटि प्रस्ताव तयार पार्ने बिषयमा छलफल हुने भएको छ । भुकम्प पिडितलाई के कति राहत दिने भन्ने बिषयमा दलहरुबिच सहमति जुट्न नसक्दा संसद्मा प्रस्तुत हुनुपर्ने प्रस्ताव बन्न सकेको छैन । संसद अधिवेसनको पहिलो दिन हिजै राहत पुननिमार्ण र पुनस्थापनाबारे साझा संकल्प प्रस्ताव पारित गर्ने प्रतिबद्धता दलहरुले पुरा गर्न सकेनन ।
दललीय कुरा
विपक्षि दलहरुले भुकम्पबाट मृत्यु भएका प्रतिसदस्य तीन लाख, अपांग भएकालाई एक लाख, घर पुर्ण ध्वस्त भएकालाई १० लाख र आंशिक रुपमा क्षेति भएकालाई पाचँ लाख दिने प्रस्ताव गरेका छन् । सत्तापक्ष काग्रेंस एमालेले घर पुर्ण रुपमा क्षति भएकालाई तीन लाख अनुदान दिने र त्यो भन्दा माथि चाहिनेलाई सहुलियत ऋण दिनुपर्ने प्रस्ताव अघि सारेका छन् ।
सत्तापक्षले मृत्यु भएका परिवारलाई प्रतिसदस्य दुई लाख रुपैंया दिने प्रस्ताव गरेका छन् । सभामुख सुवास नेम्वाङले तीन दलमात्र नभई संसदमा रहेका सबै दलको सहमतिमा संकल्प प्रस्ताव पारित हुनु पर्ने सुझाव दिए पछि आजै सर्वदलिय बैठकमा छलफल हुने भएको छ । नेताहरुले विपत्तिको सामना गर्न तयार रहेको सन्देश दिन दलहरु तयार रहेको बताईरहेका छन् ।



