Published On:Thursday, May 7, 2015
Posted by dadad
रमेश खरेललाइ किन एक्कासि धादिङ खटाइयो ?
नेपाल प्रहरीका चर्चित एसएसपी रमेश खरेललाई सरकारले धादिङको जिल्ला प्रहरी प्रमुख तोकेको छ ।
हाल चितवनको भरतपुर क्षेत्रीय प्रहरी कार्यालयमा रहेका वरिष्ठ प्रहरी उपरीक्षक एसएपी खरेललाई भूकम्प प्रभावित जिल्ला धादिङमा काजमा खटाइएको हो ।
गत शनिवार आएको विनाशकारी भूकम्पले प्रभावित भएका जिल्लामध्ये संकटग्रस्त क्षेत्र घोषणा गरिएका ११ जिल्लामा सरकारले ११ जना एसएसपीलाई जिल्ला प्रमुख बनाएर खटाएको थियो ।
त्यही क्रममा एसएसपी रमेश खरेललाई धादिङ खटाएको हो । सरकारको निर्णय अनुसार उद्दार, राहत तथा आवश्यक शान्ति सुरक्षासमेत कायम गर्न प्रहरी प्रधान कार्यालयले ४५ जना प्रहरी नायव उपरीक्षक डिएसपीलाई पनि काजमा खटाएको छ ।
सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरेका जिल्लामध्ये उपत्यका बाहिरका ११ जिल्लामा प्रहरी प्रधान कार्यालयले प्रत्येकमा १/१ जना एसएसपी खटाएको हो ।
प्रहरी प्रधान कार्यालयले काजमा खटाएका एसएपीहरुमा धादिङमा रमेश खरेल, काभ्रेमा पिताम्बर अधिकारी, सिन्धुपाल्चोकमा सुदीप आचार्य, नुवाकोटमा सुबोध घिमिरे, रसुवामा सुरेशकुमार केसी, दोलखामा सुरेशविक्रम शाह, रामेछापमा बिष्णुहरि गौतम, गोरखामा बलराम शर्मा पौडेल, सिन्धुलीमा दिनेश अमात्य, ओखलढुंगामा रामप्रसाद श्रेष्ठ र मकवानपुरमा मनोज न्यौपाने रहेका छन् ।
प्रहरी प्रधान कार्यालयबाट खटाइएका ४५ जना डिएसपीहरु पनि उद्दार तथा राहत कार्यमा खटिइसकेका छन् । एसएसपी र डिएसपीहरुलाई शुक्रबारदेखि खटाइएको हो । भूकम्पपछि राहत तथा उद्दारमा प्रहरीसँगै सेनालाई पनि यसैगरी विभिन्न चरणमा परिचालन गरिएको छ ।



