Published On:Wednesday, May 13, 2015
Posted by dadad
सडक दुर्घटनामा बचेकालाई भुकम्पले लग्यो
३१ वैशाख, सिन्धुली, प्राकृतिक विपत्तिले कसैलाई कति क्रुर भएर पछ्याउँदो रहेछ ।
रानीचुरी- १ फिटिङका गोपाल जोशीको परिवारमा भएका भयानक दुई दुर्घटनाले यस्तै अकल्पनिय अवस्था सिर्जना गरेको छ ।
गोपालको परिवारका श्रीमती, छोरासहित ५ जना सदस्यको ३ बर्ष ८ महिनाअघि भएको भयानक बस दुर्घटनामा निधन भएको थियो ।
त्यति ठूलो दुर्घटनामा परिवारका अधिकांश सदस्य गुमाएका गोपालले शोकलाई शक्तिमा बदलेका थिए । पत्निले छाडेर गएपछि उनले आफूलाई बलियो बनाउँदै नयाँ शिराबाट आफूलाई समाजमा पुनस्थापना गरेका थिए । एक वर्षअघि बैशाख १२ गतेकै दिन उनले अर्को विवाह गरेका थिए ।
त्यो भयानक दुर्घटनालाई बिर्सने प्रयास गरे पनि विपत्तिले उनलाई छाडेन । यही बैशाख १२ गते गएको महाभुकम्पले विवाहको पहिलो वार्षिकोत्सवकै दिन गोपाल, पत्नी रमा र उनकी पहिलो पत्नीतिरकी छोरी प्रतीमालाई लिएर गयो । कान्तिपुर दैनिकमा समाचार छ ।


