Published On:Wednesday, May 13, 2015
Posted by dadad

भूकम्पपीडितलाई टहरो उपहार


३१ वैशाख, गोरखा । वैशाख १२ गतेको विनाशकारी भूकम्पको केन्द्रबिन्दु गोरखाका घरबास गुमाउनेलाई विभिन्न सहयोगी संस्थाले ुटहरो निर्माण राहत अभियानु सुरु गरेका छन्। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

जगदम्बा खाद्य स्टोर्स तथा धनिस ट्रेड स्टोर्स तुलसीपुर दाङ एवं युवा समूह तुलसीपुर दाङबाट गोरखा आइपुगेका युवाले घरको भग्नावशेष हटाएर टहरो निर्माण गर्न थालेका हुन्।

तुलसीपुरबाट आएको इन्जिनियरसहित १० जनाको समूहले गत शुक्रबारदेखि तान्द्राङ गाविसमा टहरो निर्माण सुरु गरेको छ। उनीहरूले टहरो बनाउन तुलसीपुरबाटै बाँसका घना ल्याएका छन्।

पहिलो चरणमा १० वटामात्र टहरो निर्माण गर्ने टोलीले जनाएको छ।

0 comments for "भूकम्पपीडितलाई टहरो उपहार"

Leave a reply

    Popular Posts

    Blog Archive