Published On:Wednesday, May 13, 2015
Posted by dadad

हेलिकोप्टर रोकिँदा बेलायत क्रूद्ध


३१ वैशाख काठमाण्डौ । नेपाल सरकारले तीन बेलायती सैनिक हेलिकोप्टरहरूलाई राहत तथा उद्धारका लागि नेपाल आउन अनुमति नदिएपछि दूतावास तथा उसका दातृ निकायहरूले सरकारमाथि प्रत्यक्ष तथा अप्रत्यक्ष दबाब दिन थालेका छन्। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

दूतावासका उच्चपदस्थ कूटनीतिज्ञहरूले आफूले आर्थिक तथा अन्य सहयोग प्रदान गर्दै आएका गैरसरकारी संस्था र नागरिक समाजलाई सरकारमाथि दबाब दिन आग्रह गरे पनि त्यस्तो दबाब अहिलेसम्म निस्फल भएको छ।

एक उच्चस्तरीय सरकारी स्रोतका अनुसार कर्नेल कुमार लामाको बेलायतमा गिरफ्तारी र मुद्दा चलाएको तथा बेलायती सेनाका एक उच्च पदाधिकारी (हाल सेवा निवृत्त) द्वारा सशस्त्र विद्रोहताका नै माओवादीसँग साँठगाँठ राखेको तथ्यका आधारमा बेलायती सैनिक जहाजलाई नेपाल आउन नदिने अनौपचारिक निर्णय नेपाल सरकारले गरेको हो।

त्यस्तै बेलायती सहयोग नियोग (डिफिड) का उच्च अधिकारीहरूले पनि आफ्ना विश्वासपात्र केही नेपाली पत्रकार र गैरसरकारी संस्थाका प्रतिनिधिहरूलाई आआफ्ना ठाउँबाट दबाब दिएर पनि जहाज भित्र्याउन सहयोग याचना गरेका छन्।

0 comments for "हेलिकोप्टर रोकिँदा बेलायत क्रूद्ध"

Leave a reply

    Popular Posts

    Blog Archive