Published On:Thursday, May 7, 2015
Posted by dadad

राहत कोषमा बिमा संस्थानले १ करोड जम्मा गर्ने

काठमाडौँ, २४ वैशाख । राष्ट्रिय बिमा संस्थानका कर्मचारीले भूकम्प प्रभावितको राहत, उद्धार तथा पुनःनिर्माणका लागि ‘प्रधानमन्त्री दैवीप्रकोप उद्धार तथा राहत कोष’ मा रु एक करोड जम्मा गर्ने निर्णय भएकोे छ । 

संस्थानका सहायक प्रशासक शालिग्राम पराजुलीले आज जारी गर्नुभएको विज्ञप्तिमा बुधबार बसेको सञ्चालक समितिको बैठकले सो रकम जम्मा गर्ने निर्णय गरेको हो । सरकारको निर्देशनबमोजिम कार्यरत कर्मचारीको तलबबाट सो रकम जम्मा गरिनेछ । संस्थानमा कुल ८० कर्मचारी कार्यरत छन् । सञ्चालक समितिका सदस्यले पनि एक दिनको बैठक भत्ताबराबरको रकम प्रदान गर्ने छन् । 

यसअघि संस्थानले विभिन्न जिल्लामा रु १५ लाखबराबरको ३०० क्विन्टल चामल राहतस्वरुप वितरण गरेको छ । संस्थानले गाँसबासको समस्या भोगेको व्यक्तिलाई तत्काल राहत पुगोस् भनी सिन्धुपाल्चोक, गोरखा, नुवाकोट, भक्तपुर र ललितपुरमा जिल्ला दैवीप्रकोप उद्धार समितिमार्फत प्रतिजिल्लालाई ६० क्विन्टलका दरले राहत वितरण गरेको थियो । 

0 comments for "राहत कोषमा बिमा संस्थानले १ करोड जम्मा गर्ने"

Leave a reply

    Popular Posts

    Blog Archive