Published On:Thursday, May 7, 2015
Posted by dadad

तत्काल आवाज प्याकेज ल्याउन नेकपा एमालेको माग

काठमाडौं, वैशाख २४ । नेकपा एमालेले क्षतिग्रस्त भएका घरहरुको सट्टा नयाँ घर निर्माणको प्याकेज वर्षाको समयअघि नै ल्याउनुपर्नेमा जोड दिएको छ । 

नेकपा एमाले ‘भूकम्पपीडित उद्धार तथा राहत केन्द्रीय समन्वय समिति’ को बिहीबार बसेको बैठकले तत्काल आवास प्याकेज ल्याउन आग्रह गर्ने निर्णय गरेको हो । 

केन्द्रीय कार्यालय मदननगर बल्खुमा बसेको बैठकमा भूकम्पपीडितलाई नयाँ घर निर्माण गर्दा राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय सहयोगदाता र सरकार मिलेर प्याकेज बनाई वर्षाको समयअघि नै पीडितलाई सुरक्षित बसोबासको व्यवस्था मिलाउनुपर्नेमा विशेष छलफल भएको थियो ।

वर्षाको बेला आइसकेको हुनाले भूकम्पपीडितलाई सरकारी तथा गैरसरकारी सबै मिलेर प्याकेज बनाई जतिसक्दो छिटो क्षतिग्रस्त घरको सट्टा नयाँ घर निर्माण गर्नुपर्ने विषयमा छलफल भएको पार्टी महासचिव तथा समितिका संयोजक ईश्वर पोखरेलले बताए । 

सरकारले १४ वटा जिल्लालाई भूकम्पद्वारा बढी क्षतिग्रस्त र अति प्रभावित जिल्ला घोषणा गरेको तर लमजुङ र सोलुखुम्बु जिल्ला छुटेकाले यथाशीघ्र ती दुई जिल्लालाई समेटेर राहत र पुनःस्थापना कार्य अघि बढाउन सरकारलाई सुझाव दिने निर्णय समेत एमालेले गरेको छ । 

बैठकले जेठ १ देखि उपत्यका र प्रभावित स्थानका विद्यालय खुल्ने तयारी रहेकामा सरकारले विद्यालय भवन तथा कक्षा कोठाहरु क्षतिग्रस्त भएका जिल्लाका विद्यालयमा अविलम्ब ठूलो आकारका त्रिपालको व्यवस्था मिलाएर पठनपाठनलाई नियमित र सुचारु गर्न सरकारलाई सुझाव दिने निर्णय समेत गरेको छ । 

आजै सम्पर्क विशेष समन्वय कमिटीले पाँच लाख रुपैयाँको चेक समितिका संयोजक महासचिव पोखरेललाई हस्तान्तरण गरेको छ । 

0 comments for "तत्काल आवाज प्याकेज ल्याउन नेकपा एमालेको माग"

Leave a reply

    Popular Posts

    Blog Archive