Published On:Thursday, May 7, 2015
Posted by my storry
किन काट्ने दिन रात उद्धारमा खट्ने सुरक्षा सदस्यको तलव
काठमाडौं वैशाख २४,
समाचार विष्लेशण
महा विपक्तिको सयममा उद्धार र खोजि कार्यमा कुनै सिमा नराखेका सुरक्षा निकायका सदस्यहरुको तलब काटिने भएको छ ।
समाचार विष्लेशण
महा विपक्तिको सयममा उद्धार र खोजि कार्यमा कुनै सिमा नराखेका सुरक्षा निकायका सदस्यहरुको तलब काटिने भएको छ ।
सशस्त्र र नेपाल प्रहरीले कार्यालय सहायक देखी माथिल्लो दर्जाका सवै सदस्यको तलव कट्टा गरि प्रधानमन्त्री दैविकप्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेपछि दिन रात नभनि ज्यानलाई जोखिममा राखेर काम गर्ने सुरक्षा निकायका जवानको पनि तलव काटिने भएको छ ।
हो राष्ट्रिय विपदको समयमा सवैले सहयोग गर्नु स्वभाविक हो । यसमा कसैको दुई मत छैन । म केही कुरा लेख्दै गर्दा म पनि कुनै न कुनै रुपमा आफु सक्दो सहयोगको पात्र वनेको छु र अरु पनि उद्धार, खोज र राहतमा जुटे जसबाट म पनि अछुतो रहन सकिन । तर खास कुरा के रह्यो भने सुरक्षा संगठनले विपद्को बेला खोजी उद्धार र राहतमा दिनरात खटिएका संगठनका सदस्यको तलब काट्दा एक पटक सोच्नु पर्ने थियो । संगठनले त्यो सोचेको पनि हुन सक्छ तर वाहिर समाचारमा आएका तथ्यहरु हेर्दा त्यस्तो देखिएन । हुन त समाचार स्रोत विना लेखिँदैन । समाचार आईसकेपछि टिका टिप्पणी जारी छन् । यसैविचमा के भनौ भने त्यही सुरक्षा निकाय भित्र पनि विपदको वेला कुनै भूमिका निर्वाह नगर्ने सदस्य वा कर्मचारी थिए होलान । त्यही संगठनले प्रदान गर्ने राहतमा सवै कर्मचारीको तलव कट्टी गर्ने निर्णय अलिक मेल खाएन । सकेसम्म उद्धारमा खटिएका सदस्यहरुलाई प्रोत्साहन भत्ताको व्यवस्था गर्नुपर्ने यदी त्यसो गर्न नसके तलव कट्टी नगरेको भए राम्रो हुने थियो ।
सशस्त्र प्रहरी बलले ४ दिन अगाडि आफ्ना ३५ हजार सदस्यको तलब काटेर ६ करोड ३४ लाख २५ हजार रुपैयाँ दिएको थियो । बुधबार नेपाल प्रहरीले पनि सशस्त्रकै शैलीमा संगठन सदस्यको तलब काटेर १० करोड १ सय ११ रुपैयाँको राहत कोषमा दिने घोषणा गरेको छ ।
दुबै संगठनले सबै सदस्यको समानरुपमा तलब भने काटेको छैन । दुबैले एसएसपीदेखी माथिल्लोतहका अधिकारीको १५ दिनको तलब काटेका छन् । इन्सपेक्टरदेखी एसपीसम्मको तहका अधिकारीको १० दिनको तलब सई र असईको ५ दिनको, हवल्दार र जवानको ३ दिनको र कार्यालय सहायको २ दिनको तलब काटेर राहत कोषमा रकम जम्मा गरेको हो ।



