Published On:Friday, May 8, 2015
Posted by dadad

पक्की पुलको विस्तृत अध्ययन गरिने

२६ वैशाख काठमाडौँ । वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट सवारी साधन चल्ने पक्की पुलमा भएको क्षतिबारे सडक विभागले विस्तृत अध्ययन गर्ने भएको छ । भूकम्पको केन्द्रविन्दु रहेको गोरखाको बारपाकबाट १०० किमी व्यासार्धभित्र ४०० विशेषज्ञसहितको चार समूहले अध्ययन गरी पुल उपयुक्त भए नभएको प्रतिवेदन दिने छन् । 

स्थलगतरुपमा पुलको अध्ययन गर्दा एक समूहले विभागमा बसी डिजाइन गरी कुनै समस्या भएमा छिटो मर्मत एवम् निर्माण गर्ने गरी योजना बनाइएको पुल विभागका महाशाखा प्रमुख सरोज प्रधानले बताउनुभयो । 

महाशाखाले यसअघि सडक डिभिजन कार्यालयलाई परिचालन गरी पुलको सतही अध्ययन गर्दा ठूलो समस्या नदेखिएकाले कुनै पुलमा सवारी साधन निषेध गर्नुपर्ने अवस्था नरहेको विभागले जनाएको छ । नेपाल राज्यभर सवारी साधन सञ्चालन हुने दुई हजार पक्की पुल रहेको जनाइएको छ । रासस,

0 comments for "पक्की पुलको विस्तृत अध्ययन गरिने"

Leave a reply

    Popular Posts

    Blog Archive