Published On:Saturday, May 9, 2015
Posted by dadad
राष्ट्रिय सरकार गठनकाको आवश्यकता पर्न सक्छः खनाल
२६ वैशाख काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले विपत्तिको सामना गर्ने क्रममा राष्ट्रिय सरकारको गठनलाई पनि ध्यान पु¥याउन आवश्यक रहेको बताएका छन् ।
वर्षायाम नजिकै आइसकेकाले पुनःस्थापना र पुनःनिर्माणको कामलाई तुरुन्तै तीव्र रुपमा सुरु गर्नका लागि राष्ट्रिय सरकार गठनको आवश्यकता पर्न सक्ने उनको भनाई छ ।
पूर्व प्रधानमन्त्री समेत रहेका नेता खनालले व्यवस्थापिका संसदको बैठकमा बोल्दै विपत्तिको सामना गर्ने आवश्यक तयारी हुन नसक्दा मुलुकले ठूलो विपत्तिको मार खेप्नुपरेको बताए ।
मुलुकको भौगोलिक अवस्था र यातायातको कठिनाइका कारण तत्काल उद्धार र राहतका काम सोचेअनुरुप अघि बढ्न नसकेको उनको भनाई थियो ।
राहत तथा पुनःस्थापनको कामलाई अघि बढाउँदा मुलुकको भौगोलिक विशेषता र आवश्यकतालाई ध्यान दिएर भूकम्प पीडितको राहतका लागि सबै राजनीतिक दल र सबै पक्ष एकजुट र एकताबद्ध भएर अघि बढ्न नेता खनालले आह्वान गरे ।



