Published On:Saturday, May 9, 2015
Posted by dadad

राज्य संयन्त्रको कमजोरीले भूकम्प पीडितसम्म पुग्न सकिएनः नेता नेपाल

२६ वैशाख, काठमाडौ । नेकपा एमालेका वरीष्ठ नेता माधवकुमार नेपालले यस पटकको भूकम्पले एकताको पाठ सिकाएको बताएका छन् ।

राजनीतिक दल र सर्वसाधारण जनतालाई एकताको पाठ सिकाएको  भन्दै उनले विनाशकारी भूकम्पलाई निराशामा भन्दा पनि शक्तिमा बदल्नुपर्ने बताए ।

व्यवस्थापिका–संसद्को शनिबारको बैठकमा सम्बोधन गर्दै नेता नेपालले भूकम्पका हिसाबले नेपाल उच्च जोखिमको मुलुक भए पनि त्यसलाई सामना गर्ने आवश्यक रणनीति र संयन्त्र बनाउन नसक्दाको परिणति ठूलो जनधनको क्षति भोग्नुपरेको बताए । 

राज्यका संयन्त्रले समन्वय गरेर अघि बढ्ने मामिलामा कमजोरी देखिएकाले राहत वितरणमा एकरुपता नदेखिएको बताउँदै पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले जनताको आवश्यकता र मागलाई सम्बोधन गर्ने हिसाबले राहत र पुनःस्थापनाका काम अघि बढाउनुपर्ने बताए ।

दीर्घकालीन सोच राखेर अघि बढ्नुपर्नेमा जोड दिँदै उहाँले संविधान निर्माण, अन्तर्राष्ट्रिय विमानस्थल र द्रुत राजमार्ग निर्माण तथा  भूकम्पपछि पुनःनिर्माण गर्दा व्यवस्थित रुपमा बस्ती बसाल्ने काममा सबै राजनीतिक दल एकताबद्ध हुन आवश्यक रहेको उनले बताए ।

0 comments for "राज्य संयन्त्रको कमजोरीले भूकम्प पीडितसम्म पुग्न सकिएनः नेता नेपाल"

Leave a reply

    Popular Posts

    Blog Archive