Published On:Monday, March 2, 2015
Posted by Unknown

गायक राजेश पायल राईले गरे नायिका केकीलाई विहेको प्रस्ताव -


 काठमाण्डौ- गायक राजेश पायल राईले आफ्नो चर्चित गीत ‘दर्शन नमस्ते’ नाम राखेर एक रेस्टुरेन्टको सुरुवात गरेका छन् । यसै साताबाट सुरु भएको सो रेस्टुरेन्टको उद्घाटन गर्न कला जगतका केही व्यक्ति र पत्रकारलाई बोलाएर गरे ।
नेपाली सुगम संगीतमा राज गरिरहेका राजेशको मनले खाएकी सिनेकर्मीको भने नायिका केकी अधिकारीले मात्रै प्रतिनिधित्व गरिन ।
धेरै चलचित्रमा गीत गाएका र चलचित्रकर्मीसँग निकट रहेका राजेशको रोजाइमा अभिनेत्री अधिकारी मात्र परिन् । रेस्टुरेन्टको उद्घाटनको रिबन र केक काट्नका लागि बोलाइएकी केकी एक्ली चलचित्रकर्मी मात्रै होइन, एक्ली युवती पनि भइन् ।
स्वभाविक रुपमा प्रश्न उठ्यो, ‘राजेशका निकट मानिने यत्रो अभिनेत्री र अभिनेता छन्, रोजाइमा केकी मात्रै किन ?’ अरुसँगको मित्रता टुट्ला भन्ने पीर नगरी राजेशले उत्तर दिए, ‘केकी मलाई मनपर्ने मान्छे हो ।’ खुशी हुँदै केकीले केक काटिन् र भनिन्,‘बहराइनमा सँगै कार्यक्रम गरेपछि उहाँबाट म प्रभावित भएँ ।
आगामी वर्षमा पनि केक काट्ने अवसर मैले नै पाउँ ।’ राजेशले मौका छाडेनन्, भनिहाले, ‘त्यसका लागि विहे मसँगै गर्नुपर्ने भयो ।’ माहोल ठट्टापूर्ण बन्यो तर राजेशको अनुहारले केकीप्रति आत्मीयता बढ्तै रहेको दर्शाउथ्यो ।
शनिवार साँझ कमलपोखरीस्थित ’दर्शन नमस्ते रेस्टुरेन्ट’को माहोल हेर्ने जोसुकैले अनुमान गर्न सक्थ्यो, राजेशले केकीलाई दिलमै ‘दर्शन नमस्ते’ त गरिसकेनन् ?
बहराइनमा भएको कार्यक्रमबाट यी दुई नेपाली फिल्मका चचिर्त अविवाहित सेलिब्रिटीको हित्तचित्त निकै मिलेको देखिन्छ । उनीहरुले त्यहाँ रहँदा खिचेका केही सेल्फीले पनि सम्बन्धको धागो जेलिन थालेको अनुमान गरिएको थियो ।@nepalpati

0 comments for "गायक राजेश पायल राईले गरे नायिका केकीलाई विहेको प्रस्ताव -"

Leave a reply

    Popular Posts

    Blog Archive