Published On:Monday, March 2, 2015
Posted by Unknown

संसारका सबैभन्दा अचम्मका हिप भएका महिला भन्छन्, ‘भगवानले दिएको उपहारलाई किन मननपराउने?





 संसारमा विभिन्न सुन्दरी प्रतियोगिता भएको खबर त हामीमध्ये धेरैलाई थाहा छ । कतै मिस नेपाल, कतै मिस वल्र्ड, कतै मिस युनिभर्स भने कतै मिस इन्डियाको उपाधि जित्नेको संख्या वर्षेनी बढ्दो छ । तपाईंलाई सुन्दा अचम्म लाग्ला तर संसारमा यस्तो पनि प्रतियोगिता छ जहाँ हिपको आकारको आधारमा उपाधि प्रदान गरिन्छ । जसको सबैभन्दा ठूलो र अचम्मको हिप छ, त्यसले नै जित्नेछ ‘संसारको सबैभन्दा अचम्मको हिप’ को उपाधि ।

यो वर्ष चारजना महिलाहरुले उक्त उपाधि आफ्नो पोल्टोमा पार्न सफल भएका छन् । निकै मोटा मिकेल, डेनाइस, मार्लेना र क्लाउडिया आफ्नो शारिरिक बनावटप्रति निकै खुसी भएको बताउँछन् – दैनिक कार्य गर्न असजिलो हुने भएपनि ।


आफ्नो आठ फुटको हिपसहित ४२ वर्षीया मिकेल रफिनेली संसारको सबैभन्दा ठूलो हिप भएकी महिला घोषित भएकी छिन् ।
लस एन्जलसमा बस्ने चार छोराछोरीकी आमा आफ्नो शारिरिक बनावटप्रति निकै सन्तुष्ट भएको बताउँछिन् र उनका श्रीमानले पनि उनको यो शरिरलाई निकै मन पराउने उनले बताएकी छिन् ।
गर्विलो आवाजमा मिकेल भन्छिन्, ‘म अत्यधिक छु र मेरो शारिरिक बनावट पनि अत्यधिक छ । म मेरो शरिरलाई निकै मन पराउँछु । म मेरो हिप मनपराउँछु । यो मेरो सम्पत्ति हो ।’
हिपका कारण आफ्नो दैनिक कार्य गर्न निकै अप्ठेरो परेको उनले स्विकार गरेकी छिन् । उनलाई खाना पकाउनदेखि नुहाउनसम्म अप्ठेरो परेको उनी बताउँछिन् । कारमा नअट्ने भएका कारण उनी ठूलो ट्रक
चलाउन बाध्य छिन् ।

अर्की ५६ वर्षीया डेनिस सोउडर ६ फिटको हिपसहित रेकर्ड कायम गर्न सफल भएकी छिन् ।
स्यासी डेनिस भन्छिन्, ‘यो कुरा मलाई भगवानले दिएका हुन् त्यसकारण यसलाई किन मन नपराउने ?
डेनिसक पार्टनरले स्टिभका अनुसार यदि उनले आफ्नो हिपको आकार घटाएको खण्डमा उनी आफ्नी प्रेमिकाप्रति कम आकर्षित हुने बताएकी छिन् । तर स्टिभ तौलका कारण डेनिसले सहनुपरेको कष्ट प्रति दुखमनाउ गर्छन् ।



स्टिभ भन्छन्, ‘म उनी मोटी भएको हेर्न चाहन्छु तर उनी अस्वस्थ भएको हाइन र उनको शरिरमा धर्काहरु पनि देखिन थालेका छन् । ’
‘उमेर बढेसँगै यसको समस्या पनि थप हुने गर्दछ । कहिलेकाँही उनी मोटी भएको कुरालाई मनपराएकोमा दोषी ठान्दछु ।’

न्यूयोर्ककी मार्लेना प्लमर, ३५, को पनि हिपको साइज ७ कम छैन । ७ फिट हिप भएकी उनी आफ्नो खाली समयमा स्विमिङ जान्छिन् र डान्स गर्ने गर्दछिन् । अहिले उनी पार्टनरको खोजीमा भएको बताएकी छिन् ।
उनी भन्छिन्, ‘मेरो विश्वास छ कि कुनै दिन कुनै व्यक्ति मेरो लागि पक्कै आउनेछ ।’
उनी भन्छिन्, ‘म सानै हुँदा नै मेरो हिप ठूला थिए । म थोरै खाना खान्थेँ । मेरो हिप किन यसरी बढिरहेको छ भन्ने कुरा आजसम्म पनि कसैलाई थाहा छैन । तर म मेरा हिप मनपराउँछु , म मेरो आकार र हिपलाई माया गर्छु ।

मोडलिङमा आफ्नो करियर बनाउन चाहने र प्लस साइज ४० वर्षीया मोडल क्लाउडिया आफ्नो हिपलाई थप बढाउनका लागि अष्ट्रियाबाट हलिउडमा स्थानान्तरण भइन् ।
उनी आफ्नो ६४ इन्चको हिपले उनलाई स्टारडमको लागि सहयोग गर्ने कुरामा उनी विश्वस्त छिन् ।
क्लाउडिया भन्छिन्, ‘मलाई मेरो हिप निकै सेक्सी लाग्छ । वास्तवमा मेरो सबै शरिर नै सेक्सी लाग्छ ।’
‘मानिसहरुले मलाई हेर्न रुचाउँछन् किनभने म अरुभन्दा भिन्न छु । म निकै ठूलो छु तर मैले आफूलाई निकै आत्मविश्वासका साथ अघि बढाइरहेकी छु ।’
‘मैले दैनिक २७ विवाहको प्रस्ताव पाउने गरेकी छु, ’ उनले भनिन् ।

स्रोतः मिरर डट को डट युके
 @ratopati

0 comments for "संसारका सबैभन्दा अचम्मका हिप भएका महिला भन्छन्, ‘भगवानले दिएको उपहारलाई किन मननपराउने?"

Leave a reply

    Popular Posts

    Blog Archive