Published On:Sunday, March 8, 2015
Posted by Unknown

टर्किस विमान दुर्घटनामा ज्यान जोगिएको खुसियालीमा सामसुङ मोबाइलमा विशेष छुट

२५  फागुन काठमाडौं, – गत बुधबार त्रिभुवन विमानस्थलमा भएको टर्किस एयरलाइन्स विमान दुर्घटनामा आफ्ना ४ उच्च पदस्त अधिकारीहरुको ज्यान जोगिएको खुसियालीमा नेपालका लागि सामसुङ मोबाइलको आधिकारिक विक्रेता आइएमएस प्रा।लि। ले सामसुङ मोबाइलको खरिदमा विशेष छुट दिने भएको छ ।

फागुन २० गते भएको दूर्घटनामा कम्पनीका कार्यकारी अध्यक्ष दिपक मोल्होत्रा, उनका छोरा डिकेस मल्होत्रासहित कम्पनीका चार उच्च पदस्त अधिकारीहरुको ज्यान जोगिएको थियो । उक्त जाहजमा रहेका २ सय २४ जना यात्रुहरु पनि सकुसल रहेकोमा उक्त घटनालाई चमत्कारको संज्ञा दिँदै ‘मिराकल २२४’ योजना ल्याइएको छ ।
सबैले नयाँ जीवन पाएको खुसियालीमा सामसुङको ग्यालेक्सी स्मार्ट फोन सिरिजमा क्यास अफर दिइएको कम्पनीले जनाएको छ । कम्पनीका १४ विभिन्न मोडलहरुका स्मार्टफोनमा छुटको व्यवस्था गरिएको छ ।

0 comments for "टर्किस विमान दुर्घटनामा ज्यान जोगिएको खुसियालीमा सामसुङ मोबाइलमा विशेष छुट "

Leave a reply

    Popular Posts

    Blog Archive