Published On:Wednesday, March 4, 2015
Posted by Unknown

अन्तर्राष्ट्रिय उडान भोलिसम्मलाई रोकियो


 टर्किस एयरलाईन्स दुर्घट्नाको असर

 २० फाल्गुन, काठमाडौ,  - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले भोलि(बिहीबार) अपरान्ह ४ बजेसम्मका लागि सबै अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको छ । टर्किस एयरलाईन्सको विमान अवतरणको क्रममा बुधबार बिहान विमानस्थलमा रन वे नजिकै दुर्घट्ना भएपछि  अन्तर्राष्ट्रिय विमानको उडान र अवतरणमा रोक लगाइएको छ ।
यसअघि आज ५ बजेसम्मका लागि उडान रोकिएपनि त्यसको समय अवधि बढाईएको छ । दुर्घट्ना र त्यसले पारेको प्रभाव बारे जानकारी दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले  अहिले साँझ ७ बजे  पत्रकार सम्मेलन गर्दैछ । विमानस्थलका प्रबन्धक पूर्ण चुँडालले भने-'भोलि अपरान्ह ४ बजेसम्मका लागि अन्तर्राष्ट्रिय उडान रोकिएको छ । सबै कुरा पत्रकार सम्मेलनमा जानकारी गराउँनेछौं ।' उनका अनुसार विमानस्थलको धावन मार्गको क्षेत्रमा अवरोध आएकाले सुरक्षा दृष्टिकोणले अन्तर्राष्ट्रिय उडान रद्द गर्नु परेको हो ।

0 comments for "अन्तर्राष्ट्रिय उडान भोलिसम्मलाई रोकियो "

Leave a reply

    Popular Posts

    Blog Archive