Published On:Monday, March 2, 2015
Posted by Unknown

पाकिस्तानी गायक अदनानले मागे भारतीय नागरिकता


१८ फागुन, मुम्बइ-  पाकिस्तानी गायक तथा संगीतकार अदनान सामीले भारतीय नागरिकताका लागि दोस्रो पटक निवेदन दिएका छन। भारतीय पत्रिका 'द हुन्दू'को अनलाईन संस्करणले जनाए अनुसार उनको पहिलो निवेदनलाई केन्द्र सरकारले यस अघि अस्वीकार गरिदिएको थियो। अदनानले दुई वर्ष अगाडी भारतीय नागरिकता पाउनका लागि भारतीय गृह मन्त्रालयको विदेश विभागमा निवेदन दर्ता गराएका थिए। आधिकारिक श्रोतले उनको उक्त निवेदनमाथि विचार भइरहेको जनाएको छ।
गत महिना गृह मन्त्रालयले कानुन मन्त्रालयलाई अदनानलाई नागरिकता दिन मिल्छ कि मिल्दैन भनेर सोधेको थियो। कानुन मन्त्रालयले भारतको नागरिकता ऐनले विदेशीलाई नागरिकता दिने वा नदिने भन्ने सम्पूर्ण अधिकार गृह मन्त्रालयलाई दिएको हुँदा त्यस सम्बन्धमा कुनै जवाफ नदिने बताएको थियो। त्यसै गरि कानुन मन्त्रालयले नागरिकता ऐनको सो मुद्दासँग सम्वन्धित कुनै प्रावधानमा गृहलाई कानुनी व्याख्या चाहिएमा भने सहयोग गर्ने भनेको थियो।
भारतीय नागरिकता ऐनमा कुनै पनि विदेशीले विज्ञान, कला, साहित्य, विश्व शान्ति जस्ता विषयमा विशिष्ट योगदान दिएमा भारतीय नागरिकताका लागि निवेदन दिन सक्ने प्रावधान रहेको छ। पाकिस्तानी राहदानी बाहक अदनान सन् २००१ देखि भारतमा बसेर संगीत कर्म गरिरहेका छन। यस अघि उनले नागरिकता पाउनका लागि मुम्बई पुलिसको विशेष शाखामा निवेदन दिएका थिए।@setopati

0 comments for "पाकिस्तानी गायक अदनानले मागे भारतीय नागरिकता"

Leave a reply

    Popular Posts

    Blog Archive