Published On:Monday, March 2, 2015
Posted by Unknown

नेपाल र अष्ट्रेलियाबीच चैत २८ मा क्रिकेट म्याच हुने


१८ फागुन, काठमाण्डौ- नेपाल र अष्ट्रेलियाबीच आगामी चैत २८ गते काठमाडौंमा मैत्रीपूर्ण खेल हुने भएको छ। क्रिकेट बलले लागेर निधन भएका अष्ट्रेलियन ब्याट्सम्यान फिलिप हृयूजको सम्झनामा नेपाल क्रिकेट संघको पहलमा खेल हुन लागेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ।
 क्यानका अनुसार अप्रिल ११ अर्थात चैत २८ गते शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपाल र अष्ट्रेलियाबीच ६३ ओभरको खेल हुन लागेको हो। ६३ औभरको खेलमध्ये दुबै टोलीले ३१.३ ओभरको इनिङ खेल्नेछन्।
नोभेम्बर २५ मा भएको घरेलु लिग क्रिकेटका क्रममा हृयुज बाउन्सरले लागेर क्रिजमै ढलेका थिए । उनको उपचारका क्रममा निधन भएको थियो।
लगतै क्यानले हृयुजको सम्झनामा नेपाल र अष्ट्रेलियाबीच क्रिकेट खेल्नुका साथै उनको ब्याट र जर्सी सगरमाथामा लैजाने प्रस्ताव राखेको थियो। जसलाई हृयूजको परिवारले पुसको दोस्रो साता अनुमति दिएको थियो ।@setopati

0 comments for "नेपाल र अष्ट्रेलियाबीच चैत २८ मा क्रिकेट म्याच हुने"

Leave a reply

    Popular Posts

    Blog Archive