Published On:Sunday, March 15, 2015
Posted by Tekman Shakya
एन एम भी ट्यालेन्ट सो २०७१ मा ससाना बालबालीकाको अदभुत प्रस्तुती
भक्तपुरमै पहिलो पटक आईसीटी मार्फत सञ्चालीत नवज्योति माध्यामिक बिद्यालयले
आफ्नो बार्षिक कार्यक्रम एनएमभी ट्यालेन्ट शो २०७१ भब्यताका साथ सम्पन्न
गरेको छ ।
कार्यक्रममा कक्षा नसर्री देखि कक्षा ६ का विद्यार्थीहरुले
विभिन्न अदभुत प्रस्तुतीहरुबाट दर्शकहरुलाई चकीत पारेका थिए ।
विद्यालयमा
नियमीत पढाई हुने पाठ्यपुस्तक भन्दा भिन्न गतिविधिहरु समेटिएर तयार पारिएको
कार्यक्रममा साना साना बाललीकाहरुले बेजोड साँस्कृतिक प्रस्तुती , गायन ,
प्mयासन शो लगायत अन्तरनिहित प्रतिभाहरु प्रस्तुत गरेका थिए ।
यचु पार्टि प्यालेसमा सम्पन्न कार्यक्रमको सभासद् रामेश्वर प्रसाद ढुंगेलले
उद्घाटन गर्नुभएको थियो ।
सो अवसरमा बोल्दै सभाषद ढुंगेलले सरकारले शिक्षा
क्षेत्रको विकासमा जोड दिईरहेको बताउदै शिक्षक, अभिभावक र बिद्यार्थी तीनै
पक्षको लगाव र मेहनतले शिक्षाको गुणँस्तरमा टेवा पुग्ने बताए ।
कार्यक्रममा बिद्यालय संचालक बेगेन्द्र सुब्बाले शैक्षिक क्षेत्रमा लोमो
समयदेखि क्रियाशील दक्ष तथा अनुभवी ब्यक्तिहरुबाट संचालित यो विद्यालयलाई
भक्तपुरमा मात्रै नभई माठमाण्डौँ उपत्यकामै नमुना विद्यालयको रुपमा स्थापीत
गर्ने बताउनुभयो ।
अर्का बिद्यालय संचालक रामचन्द्र खनालले पुर्बीय ज्ञान
र पश्चीमेली बिज्ञान÷ प्रविधिको समीश्रण गराएर बिद्यालयले विश्व बजारमा
प्रतिस्पर्धा गर्न सक्ने गुणँस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य लिएको
बताउनुभयो । कार्यक्रममा विद्यालयका संयोजक हरीश डिसीले धन्यवाद मन्तब्य
राख्नुभएको थियो ।
मध्यपुर ठीमी १५ गठ्ठाघर चोकमा यसै शैक्षिक शत्रबाट सञ्चालनमा आएको यस
विद्यालयले शुरुबाटै विद्यार्थीको ब्यक्तित्व विकास, क्षमता पहिचान गर्नुका
साथै उनीहरुको सामाजिक बिकासमा बिशेष ध्यान दिँदै आएको छ ।
२१ सौँ
सताप्ब्धी सुहाँउदो आधुनिक, बैज्ञानीक र ब्यबहारीक शिक्षा प्रदान गर्न
उदेश्यले स्थापीत यो विद्यालयले एक शैक्षिक सत्र पुरा नहुँदै आफुलाई अरु
विद्यालयभन्दा अब्बल सावित गर्न सफल भएको छ ।


