Published On:Tuesday, May 12, 2015
Posted by dadad

निर्माणाधिन आयोजनाहरु ठप्प हुने सम्भावना


३० वैशाख, काठमाडौ । निर्माणाधीन विकास आयोजनामा कामदारको अभाव हुने स्थिति देखिएको छ । वैशाख १२ गतेको विनासकारी भूकम्पपछि कामदारहरु आ-आफ्ना घर फर्केकाले यस्तो स्थिति देखिएको निर्माण ब्यवसायीहरुले बताएका छन् । नेपाल निर्माण ब्यवसायी महासंघका अनुसार यस क्षेत्रमा स्वदेशी र विदेशी दक्ष, अर्धदक्ष र अदक्ष गरी १० लाख जनशक्ति कार्यरत छन् ।
भूकम्पपछि निर्माण क्षेत्रमा २० प्रतिशत जनशक्ति मात्र कार्यरत रहेको महासंघका महासचिव रामशरण देउजाले जानकारी दिए । उनका अनुसार ८ लाख जनशक्ति अहिले छैनन् ।
विशेषगरी निर्माण कार्यसँग सम्बन्ध अधिकांश ड्राइभर, अपरेटर, यन्त्र उपकरण सञ्चालक भूकम्प प्रभावित क्षेत्रका रहेको अभियान दैनिकमा खबर छ ।
निर्माण क्षेत्रका कुल जनसंख्यामध्ये ७ लाख नेपाली र ३ लाख विदेशी छन् । विदेशीमध्ये २ लाख ४० हजार भारतीय र बाँकी ६० हजार बंगलादेश, चीन, भूटान र श्रीलंका रहेको महासचिव देउजाले बताए । विदेशी कामदारहरु विशेषगरी सडक कालोपत्रे, जलविद्युत आयोजना, पुल निर्माण, सुरुङ निर्माण लगायत काममा संलग्न छन् ।
महासंघले निर्माण कार्य गर्न यन्त्र उपकरणको प्रयोगलाई सरकारी तहबाटै प्रोत्साहन दिनुपर्नेमा पनि जोड दिएको छ ।

0 comments for "निर्माणाधिन आयोजनाहरु ठप्प हुने सम्भावना"

Leave a reply

    Popular Posts

    Blog Archive