Published On:Thursday, May 7, 2015
Posted by dadad

बिहीबारको मन्त्रिपरिषदले गरेका निर्णयहरू


२४ वैशाख, काठमाण्डौ , महाभूकम्पले भत्काएका घरको आंकलन तथा पुनर्स्थापनाबारे अध्ययन गर्न १२ जिल्लाका ५०० गाविसमा ५-५ जनाको टोली खटाउने सरकारले निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले प्रभावित जिल्लाहरूमा उपसचिव, शाखा अधिकृत, नासु, विद्यालयका प्रधानध्यापक, गाविस सचिव र एकजना प्राविधिकसहितको टोली खटाएर सूचना संकलन, राहत वितरण, पुनर्स्थापना र सार्वजजनिक भौतिक संरचनामा पुगेको क्षतिबारे विवरण शंकलन गर्ने निर्णय गरेको छ।
यस्तै आजको बैठकले भूकम्प पीडितहरूका लागि स्थायी र अस्थायी बसोबासबारे व्यवस्था मिलाउन गृहकार्य गरिने पनि निर्णय गरेको छ।
यस्तै परिवारका कुनै सदस्यको मृत्यु भएका आफन्तहरू वैदेशिक रोजगारिका लागि विदेशमा भए यदि घर आउन चाहेमा उसको आउने जाने हवाई खर्च सरकारले बेहोर्ने निर्णय गरेको छ।
यस्तै भूकम्पमा परेकाहरूको राहत तथा खोज र उद्धारका लागि आएका विदेशी टोलीलाई धन्यवादसहित विदा गर्न पराराष्ट्र मन्त्रालयलाई जिम्मा दिएको छ।
यस्तै बाढी पहिरो पीडितलाई पुनर्स्थापना गर्नेको अवस्थाबारे अनुगमन गर्न राष्ट्रिय योजना आयोगलाई जिम्मा दिएको छ।
यसैबीच एमाओवादीले भूकप्प पीडितको राहत तथा पुनर्निमाणका लागि केन्द्रदेखि गाउँसम्म सर्वदलीय संयन्त्र बनाएर राहत वितरणमा उनीहरुको पनि निर्यण गर्ने अधिकार हुनुपर्ने माग गरेको छ।@setopati

0 comments for "बिहीबारको मन्त्रिपरिषदले गरेका निर्णयहरू"

Leave a reply

    Popular Posts

    Blog Archive