Published On:Thursday, May 7, 2015
Posted by dadad

पपुवा न्युगिनीमा फेरि ७.२ रेक्टर स्केलको भूकम्प

२४ वैशाख, बेइजिङ: पपुवा न्युगिनीमा बिहीबार फेरि ७.२ रेक्टरको भूकम्प गएको  छ । 
जिएमटी समयाअनुसार बिहीबार ०७१० मा पपुवा न्युगिनीको पाङ्गुनादेखि १३० किलोमिटर दक्षिण–पश्चिममा यस भूकम्पले बढी प्रभावित पारेको भौगर्भिक सर्वेक्षण संस्थाले जानकारी दिएको छ । 
यस भूकम्पको केन्द्रबिन्दु आसपासकै इलाकामा १० किलोमिटर गहिराइमा ७.२ डिग्री दक्षिणी आक्षांश र १५४.७ डिग्रीको देशान्तरमा रहेको जनाइएको छ । यस भूकम्पबाट हालसम्म मानवीय तथा सम्पत्ति क्षतिको कुनै समाचार नभएको जनाइएको छ । 
गत मङ्गलबार पनि पपुवा न्युगिनीमा न्यु ब्रिटेन क्षेत्रमा ७.४ रेक्टरको भूकम्प गएको जनाइएको छ । सो भूकम्पपछि स्थानीय तटीय क्षेत्रमा सुनामीको चेतावनीसमेत दिइएको थियो । 
सो भूकम्पको केन्द्रबिन्दु दक्षिण–पश्चिमी सहर कोकोपोदेखि १३३ किलोमिटर दक्षिणमा न्यु ब्रिटेन क्षेत्रको आसपासमा ६३ किलोमिटर गहिराइमा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जानकारी दिएको थियो । 
सो भूकम्पछि प्रशान्त महासागरीय सुनामी चेतावनी केन्द्रकले आज आएको यस भूकम्पको केन्द्रबिन्दु रहेको ३०० किलोमिटर वरपरसम्म खतरनाक सुनामीका छालहरू आउन सक्ने सम्भावना चेतावनी दिएको थियो । रासस/सिन्ह्वा

0 comments for "पपुवा न्युगिनीमा फेरि ७.२ रेक्टर स्केलको भूकम्प"

Leave a reply

    Popular Posts

    Blog Archive