Published On:Wednesday, May 13, 2015
Posted by Unknown
उत्तर कोरियाका रक्षामन्त्रीलार्इ तोपले उडाइयो
एजेन्सी : उत्तर कोरियाका रक्षामन्त्री ह्यान याङ्ग चोललार्इ सयौं मानिससामू तोपले हानेर उडाइएको छ । समाचारअनुसार दक्षिण कोरियाको जासुसी एजेन्सीले जानकारी संसदलार्इ दिएको हो ।
दक्षिण कोरियाको समाचार एजेन्सी योनहपका अनुसार सांसदहरुलार्इ बताएअनुसार ३० अप्रिलका दिन सयौं मानिसकै सामुन्ने ह्यान याङ्लार्इ एन्टी एयरक्राफ्ट तोपले हानेर उडाइएको हो ।
उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ्ग युनप्रति बफादार नभएका कारणलार्इ तोपले हानेर मारिएको बताइएको छ।

यो मामिलाबारेमा अझै विस्तृत जानकारी आइसकेको छ । तर योनहपले दक्षिण कोरियाको जासुसी एजेन्सीलार्इ उधृत गर्दै जनाएअनुसार उनी किम जोङ्ग युन सहभागी एक कार्यक्रममा निदाएका थिए । उनले किम जोङ्य युनले दिएको कतिपय निर्देशन समेत पालना नगरेको आरोप छ ।
ह्यान २०१० मा जनरल पदमा थिए । उनीबारेमा उत्तर कोरियन जनतालार्इ पनि कमैमात्र जानकारी रहेको बताइन्छ ।
उनले डिसेम्बर २०११ दिवङ्गत नेता किम जोन इलको अन्तिम संस्कारका लागि बनेको समितिका लागि योगदान गरेका थिए । त्यही कारण उनको प्रभाव बढेको संकेत मिलेको थियो ।
सन् २०१२ मा उनी रक्षामन्त्री बनेपछि कयौं वरिष्ठ अधिकारीलार्इ पदबाट हटाइएको थियो । केहीलार्इ मृत्युदण्डसमेत दिइएको थियो । जसमा उनका काका चाङ्ग साङ्ग टेक पनि थिए ।
चाङ्ग कुनै बेला उत्तर कोरियाकै दोस्रो सबैभन्दा प्रभावशाली व्यत्कि थिए । उनलार्इ डिसेम्बर २०१३ मा पार्टीबाटै गिरफ्तार गरिएको थियो । उनीमाथि आफ्ना भतिजाविरुद्ध षड्यन्त्र गरेको आरोप थियो ।