Published On:Wednesday, May 13, 2015
Posted by Unknown

भूकम्पले एसएलसीको रिजल्ट रोकियो, विद्यार्थी तनावमा


फोटो :रासस
काठमाडौँ: प्रवेशिका परीक्षा दिएर बसेकी होली गार्डेन स्कूल, बालाजुकी निकिता लामा यसअघि काठमाडौँ उपत्यका छाडेकी थिइनन् । परीक्षाफल कुरेर भावी उच्च शिक्षाको सुन्दर कल्पनामा रहेकी लामाले यसपटकको जस्तो विनासकारी भूकम्प पनि यसअघि भोगेको र देखेकी थिइनन् । 
 
बाइसधारामा बस्दै आएकी लामाले यही वैशाख १२ गतेको भूकम्पपछि काठमाडौँभित्रका केही विध्वंश दृश्य देखे पनि उपत्यकाका ग्रामीण भेगका जनताका दुःखलाई नजिकबाट हेरेकी थिइनन् । 
 
निकितासहित ५० भन्दा बढी विद्यार्थीले शनिबार काठमाडौँ र सिन्धुपाल्चोक जिल्लाको सीमाना छापभञ्याङ्का भूकम्पपीडितलाई आफैँले सङ्कलनको राहत वितरणमा सहभागी भएर पीडितको वास्तविकतालाई नजिकबाट नियाँले । “सहरबाट नजिक रहेर पनि यो गाउँमा यस्तो समस्या रहेछ, हामीले त सोचैकै थिएनौं । थोरै भए पनि सहयोग गर्न पाइएकामा खुशी लागेको छ ।” 
 
निकिताजस्तै परीक्षाफलको प्रतिक्षामा रहेकी विजेश्वरी ज्ञान मन्दिर, सैनिक महाविद्यालयकी प्रमिला श्रेष्ठलाई भूकम्पीडितको वास्तविक अनुहार देखेपछि भूकम्पको थप त्रासदी महसुस भयो । 
 
संयोग पनि त्यस्तै, सो क्षेत्रका ५० घरलाई राहत वितरण भइरहँदा ६ दशमलब ८ रिक्टर स्केलको अर्को भूकम्प गयो । राहत लिने लाइनमा बसेका र वितरणका लागि आफ्नो पालो लिएर बसेका विद्यार्थीको भागाभाग भयो । अघिल्लो भूकम्पमा भत्किएका केही घर थप भत्किएका घर आँखै अगाडि ढल्यो, धूलो र छारो उड्यो । पीडितहरु थप त्रसित भए । 
 
यस्तो स्थितिमा अवरुद्ध राहत वितरण पुनः गरेर फर्किनुअघि प्रमिलाले भनिन्, “मुलुक विपत्तिमा परेको अवस्थामा हामीले पनि केही सहयोग गर्न पायौं, अर्को भूकम्प आए पनि धन्न बचियो, एकछिन काठमाडौँ सम्पर्क भएन तर पीडितका बीचमा रहेकाले उनीहरुलाई हेरेर चित्त बुझाइयो ।” 
 
सिजन मिडियाद्वारा आयोजित ‘एसएलसी प्रिन्सेस’ प्रतियोगितामा सहभागी ती ६४ विद्यार्थीको चन्दा र सो संस्थाको सहयोगमा यहाँका ५० घरलाई राहत वितरण गरिएको यिथो । प्रति घर १५ किलो चामल, दुई किलो नुन, एक किलो दाल र एक लिटर तेल तथा लत्ताकपडासहितको सामग्री प्रदान गरिएको थियो । 
 
प्रवेशिका प्रतियोगिताको नतिजा आगामी असार पहिलो साता सार्वजनिक हुँदैछ । वारि शङ्करापुर नगरपालिका नाङ्गलेभारे र पारि मेलम्ची नगरपालिका रहेको छापभञ्ज्याङका बासिन्दा अहिलेसम्म सरकारी राहत नपाएको गुनानो गरिरहेका बेला उक्त राहतले सान्त्वना दिएको बताइरहेका थिए । 
 
स्थानीय हर्कबहादुर घिसिङ भन्छन्  “मकै रोप्ने र धानको बीउ राख्ने बेलामा राहतको प्रतीक्षा र टहरा निर्माणमा लाग्नुपरेको छ । 
 
अर्का स्थानीय कृष्णबहादुर सुनार र राजेन्द्र घोरासैनीको पीडा पनि उस्तै छ । “त्रिपालको बास छ, राहत छैन, घर कहिले बनाउने ? खेती कहिले ? सबै अन्योल भयो ?” उनिहरुको एउटै आवाज थियो ।”
अन्नपुर्ण पोष्ट बाट साभार

0 comments for "भूकम्पले एसएलसीको रिजल्ट रोकियो, विद्यार्थी तनावमा"

Leave a reply

    Popular Posts

    Blog Archive