Published On:Tuesday, May 12, 2015
Posted by my storry
स्नातक तह तेस्रो वर्षको परीक्षा स्थगित
त्रिभुवन विश्वविद्यालयले स्नातक तह तेस्रो वर्षको परीक्षा स्थगित गरेको छ । जेठ १४ गते तोकिएको परीक्षा मंगलवारको दोस्रो ठूलो भूकम्पका कारण स्थगित गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
परीक्षाको अर्को मिति पछि तोकिने र विद्यार्थीहरुलाई कम्तिमा १५ दिनअघि सूचना दिइने कार्यालयले जनाएको छ । उच्च माध्यमिक शिक्षा परिषदले पनि कक्षा १२ को परीक्षा स्थगित गरेको छ ।
दुवै परिक्षा अनिश्चितकालाका लागि स्थगित गरिएको हो ।
विद्यालय जेठको दोस्रो सातासम्म बन्द
शिक्षा मन्त्रालयले जेठ १ गतेदेखि विद्यालय सञ्चालन गर्ने भने पनि अब विद्यालयहरु जेठको दोस्रो सातासम्म बन्द हुने जनाइएको छ ।
ग्रामीण क्षेत्रका अधिकांश विद्यालय भवन ध्वस्त भएका कारण पठन पाठन सम्भव नरहेको नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष बाबुराम थापाले बताए ।



