Published On:Wednesday, May 13, 2015
Posted by dadad
मोदीद्वारा उद्धार तीव्र पार्न निर्देशन
३० वैशाख, काठमाडौं । नेपालमा मंगलबार गएको दोस्रो ठूलो भूकम्पपछि छिमेकी मुलुक चीन र भारतबाट थप त्रिपाल तथा राहत सामग्री आउन थालेका छन् ।
परराष्ट्रका निमित्त सचिव शंकर बैरागीका अनुसार भूकम्प पीडितका लागि चीनको कुन्मिङबाट १० हजार थान त्रिपाल काठमाडौं आउने क्रममा छन् भने भारत सरकारले पठाएको ७० हजार थान त्रिपाल कोलकात्ता हुँदै मंगलबार रक्सौल आइपुगेको अन्नपूर्णपोस्टमा खबर छ ।
मोदीद्वारा उद्धार तीव्र पार्न निर्देशन
नेपालमा मंगलबार दोस्रो ठूलो भूकम्प गएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उच्चस्तरीय बैठक डाकेका छन् । उक्त बैठकमा मोदीले भूकम्पले पुर्याएको जनधनको क्षतिबारे जानकारी लिएको भारतीय प्रधानमन्त्री कार्यालयले ट्वीटरमार्फत जनाएको छ ।
मोदीले भारतीय सरकारी निकायलाई नेपाल र भातरको विहारलगायत विभिन्न स्थानमा भूकम्पपछिको उद्धार तथा राहत वितरण गर्न निर्देशन दिएका छन् ।


