Published On:Tuesday, May 12, 2015
Posted by Tekman Shakya
मंगलबारको भूकम्पमा ज्यान जानेको संख्या ४२ पुग्यो
काठमाडौं, २९ वैशाख । मंगलबार आएको शक्तिशाली भूकम्पले देशभरमा ४२ जनाको मृत्यु भएको पुष्टि भएको छ । १ हजार बढी घाइते भएका छन् । गृह मन्त्रालयका अनुसार १ हजार १ सय १७ जना घाइते भएका छन् । सबैभन्दा ठूलो क्षति दोलखा र सिन्धुपाल्चोकमा भएको छ ।
दोलखामा १९ र सिन्धुपाल्चोकमा ९ जनाको मृत्यु भएको छ । काठमाडौंमा हृदयाघात भएर ज्यान गुमाएका एकसहित पाँच जनाको मृत्यू भएको छ ।
रामेछाप र सिन्धुलीमा २/२ जनाको मृत्यु भएको छ यसैगरी धनुषा, सर्लाही, रौतहट, सुनसरी र गोरखामा एक एक जनाको मृत्यु भएको खबर प्राप्त भएको छ । भूकम्पमा परी पुरिएका २ जनाको प्रहरीले जिवितै उद्दार गरेको छ ।