Published On:Friday, May 8, 2015
Posted by dadad

दुर्गम भेगमा राहत सामग्री पुर्याउने राष्ट्र सङ्घको प्रतिवद्धता

२५ वैशाख, काठमाडौँ । भूकम्पबाट प्रभावित दुर्गम भेगका सर्वसाधारण् ासमक्ष सहायता सामग्री पु¥याउनेतर्फ केन्द्रित रहेको संयुक्त राष्ट्र सङ्घले बताएको छ । वर्षायाम सुरु हुनुअगावै पीडितलाई बासको व्यवस्था गर्नु अति जरुरी भएको भन्दै आफ्नो सक्रियतालाई द्रु  बनाएको राष्ट्रसंघले जनाएको छ ।

नेपालका लागि संस्थाका मानवीय समन्वयकर्ता जेमी म्याकगोल्डरिकले ललितपुरस्थित राष्ट्रसङ्घीय कार्यालयमा पत्रकार सम्मेलन गरी सरकारी प्रयासमा सघाउन आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो ।

नेपाल सरकार र साझेदारहरूका साथै राष्ट्रिय, जिल्ला र सामुदायिक तहसम्म समन्वयमा राहतका काम भइरहेका उनले जानकारी दिए । पाँँचवटा अतिरिक्त केन्द्र स्थापना गरेर राष्ट्रसङ्घीय टोलीले सहायता सामग्री पु¥याइरहेको उनले बताए । 

प्रमुख जिल्ला अधिकारी र स्थानीय प्रशासनलाई समुदायका आवश्यकतासम्बन्धी जानकारी भएकाले उनीहरूसँगको समन्वयमा सहायता सामग्री वितरण भइरहेको उनले बताए । मानवीय समन्वयकर्ता गोल्डरिकले भूकम्पपीडितलाई सहयोगार्थ अहिलेसम्म दुई करोड २४ लाख अमेरिकी डलर मात्र प्राप्त भएको उनले बताए ।

0 comments for "दुर्गम भेगमा राहत सामग्री पुर्याउने राष्ट्र सङ्घको प्रतिवद्धता"

Leave a reply

    Popular Posts

    Blog Archive