Published On:Friday, May 8, 2015
Posted by dadad

पुनरावेदन अदालत राजविराजद्वारा गैरकानुनी सञ्चालित विद्यालयविरुद्ध कारण देखाउ आदेश

सप्तरी, २५ वैशाख । शिक्षा क्षेत्रको स्तर खस्किँदै गएको सप्तरीमा मापदण्डविपरीत विद्यालय सञ्चालनमा रहेको भन्दै पुनरावेदन अदालत राजविराजले जिल्ला शिक्षा कार्यालयसमेत बिनाअनुमतिबाट सञ्चालित निजी विद्यालयको नाममा आज अदालतले कारण देखाउ आदेश दिएको छ । 

जिल्लामा दर्ताभन्दा पनि बिनादर्ताका निजी विद्यालय बढिरहेको भन्दै पछिल्लोपटक एक व्यक्तिले अदालतमा बिनादर्ताका निजी विद्यालय सप्तरीमा सञ्चालनमा रहेको अदालतमा रिट दायर गरेको थियो । अदालतले आज ती विद्यालय र त्यसका सञ्चालकसहित शिक्षा कार्यालय र शिक्षा अधिकारी, स्रोत व्यक्ति तथा शिक्षा समितिलाई यस्तो आदेश दिएको हो । 

जिल्लाको बदगामा गाविस–१ निवासी सचिन्द्रकुमार यादवले पूर्वी भेगका करिब एक दर्जन बिनाअनुमतिका निजी विद्यालय सञ्चालित रहेको भन्दै जिल्ला शिक्षा कार्यालयसहित, शिक्षा अधिकारी, शिक्षा समिति र स्रोत व्यक्तिलाई विपक्षी बनाएर निषेधाज्ञा मिश्रित परमादेश रिट दायर गरेका थिए । 

उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ हँुदा न्यायाधीश राजेश्वर तिवारीको एकल इजलासले विपक्षीलाई यस्तो आदेश दिएको हो । 

अदालतले सबुत प्रमाणसहित १५ दिनभित्र जवाफ पेस गर्न आदेश जारी गरेको बताइएको छ । रासस 

0 comments for "पुनरावेदन अदालत राजविराजद्वारा गैरकानुनी सञ्चालित विद्यालयविरुद्ध कारण देखाउ आदेश"

Leave a reply

    Popular Posts

    Blog Archive