Published On:Friday, May 8, 2015
Posted by dadad

वाणिज्य मन्त्रालयले प्रभावित क्षेत्रमा ३०२ ट्रक सामान पठायो

२५ वैशाख, २५ । प्रभावित जिल्लाहरुमा भूकम्प पीडितहरुका लागि वाणिज्य तथा आपूति मन्त्रालयले अहिलेसम्म ३ सय २ ट्रक सामान पठाएको छ । 

मन्त्रालयले भूकम्प प्रभावित जिल्लामा भूकम्पपीडितका लागि आवश्यक सामग्री वितरण गरेको हो । भूकम्प प्रभावित जिल्ला सिन्धुपाल्चोक, रसुवा, धादिङ, काभ्रे, नुवाकोट, सिन्धुली, ओखलढुङ्गा, रामेछाप, गोरखा, दोलखा, मकवानपुर, काठमाडौँ, ललितपुर र भक्तपुरमा राहत वितरण गरेको हो । 

अहिलेसम्म वितरण गरिएको राहतमा १८ हजार १५ बोरा चामल, ३३ हजार ७२७ कार्टुन चाउचाउ, १५ हजार ३०४ कार्टुन बिस्कुट, १७ हजार ५६१ थान त्रिपाल, सात हजार ३७० थान ब्लाङ्केट एक हजार ५०१ बोरा चिउरा, आठ हजार ३३ मात्रामा औषधिलगायतका सामग्री वितरण गरिएको मन्त्रालयका सचिव नइन्द्र उपाध्यायले बताए ।

नेपाल साल्ट टे«डिङ र खाद्य संस्थानमा रहेको मौज्दात सामग्री पहिलो चरणमा पु¥याएको उनको भनाई छ । देशका विभिन्न भागबाट आएको सामग्री र छिमेकी मुलुकबाट आएको सामानलाई पीडितको आवश्यकताअनुसार वितरण गरिएको मन्त्रालयले जनाएको छ ।

0 comments for "वाणिज्य मन्त्रालयले प्रभावित क्षेत्रमा ३०२ ट्रक सामान पठायो"

Leave a reply

    Popular Posts

    Blog Archive