Published On:Monday, May 11, 2015
Posted by my storry
कोलोम्बियामा हेलिकोप्टर दुर्घटना, चार सैनिकको मृत्यु
बोगोटा, २८ वैशाख ।
कोलोम्बियाको मध्ये भागमा पर्ने उरिबे क्षेत्रमा आइतबार भएको एक हेलिकोप्टर दुर्घटनामा परी चार कोलोम्बियाली सैनिकको ज्यान गएको सैनिक स्रोतले जानकारी दिएको छ । अमेरिकामा बनेको सो हेलिकोप्टर स्थानीय समयाअनुसार आइतबार अपराह्न २ बजे दुर्घटना भएको सैनिकद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको हो । सो हेलिकोप्टरमा प्राविधिक कठिनाइ आएपछि दुर्घटना भएको अनुमान गरिएको छ । सैनिकद्वारा प्रकाशित दुर्घटनासम्बन्धी विज्ञप्तिमा हेलिकोप्टर दुर्घटनमा ज्यान गुमाउने ती सैनिकको सङ्ख्या चार रहेको भन्दै उनीहरुका परिवारजनमा समवेदना प्रकट गरिएको छ । सो दुर्घटनामा ज्यान गुमाउनेहरुमा विमान चालकसहित चार जना रहेका थिए । उक्त दुर्घटनामा घाइते भएका अन्य दुईजना उपचारार्थ अस्पताल लगिएको जनाइएको छ । रासस ÷एएफपी


