Published On:Monday, May 11, 2015
Posted by my storry
गुल्मीमा चट्याङ्ग लागेर ३ जनाको मृत्यु
गुल्मी बैशाख २९÷
अनिल खत्री
गुल्मीमा चट्याङ्ग लागेर ३ जनाको मृत्यु गएको छ भने ३ जना घाईते भएका छन । गए राती परेको चट्याङ्गमा परि गुल्मी इस्मारजस्थल वाड नं. ५ का ५५ वर्षका बसन्त जिसीको मृत्यु भएको छ ।
चट्याङ्ग लागेर घाईते भएका जिसीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रमुख हिमालय श्रोष्ठले जानकारी दिनुभयो ।
यस्तै आईतवार राती परेको चट्याङ्गबाट गुल्मीको पौदी अमराई गाविस वाड नं. ८ बस्ने ४८ वर्षिय धनी पाठक र मुसिकोट गाविस वाड नं. ६ बस्ने ४६ वर्षिय सुमित्रा खरालको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । चट्याङ्ग लागेर जिल्लाका बिभिन्न गाविसका ३ जना घाईते भएका छन ।
चट्याङ्ग लागेर नयाँगाउ गाविसका वाड नं. ६ बस्ने ५५ वर्षिय पबित्रा जिसीको बुटवलमा उपचार भैरहेको छ भने अन्य २ जनाको भने स्थानिय मेडिकलमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।


