Published On:Sunday, March 8, 2015
Posted by Unknown
यी हुन् संसारका सबैभन्दा धनी महिला
नेपाली मुलकी जमुना गुरुङ अष्ट्रेलियाकी आठौँ धनी महिला
वालमार्ट डिपार्टमेन्टल स्टोर्सकी मालिक क्रिष्टी वाल्टन (६०) अमेरिकाकी सबैभन्दा धनी महिला हुन् । उनको सम्पत्ति करिब ५ अर्ब आंकलन गरिएको छ । सन् २००५ मा श्रीमान जोन वाल्टनको मृत्यु पछि सबै सम्पत्ति उनको नाममा भएको हो ।
लिलियन बेटेनकोर्ट (९२) युरोपकी सबैभन्दा उमेरदार अर्बपति महिला हुन् जो लोरियल कम्पनीकी मालिक हुन् । उनीसँग करिब ३ अर्ब १३० करोड रुपैयाँको सम्पत्ति छ । सन् १९५७ मा बुवाको मृत्यु पछि नै उनी आफैले यो कम्पनी सम्हाल्दै आएकी छिन् ।
अष्ट्रेलियाको खनन कम्पनी ह्यानकक प्रोस्पेक्टिङकी मालिक जीना राइनहार्ट (१४८०) नेतृत्वको कम्पनी आजकाल तेल र ग्याँसको व्यापार पनि गरिरहेको छ ।
लगभग ५२० करोड रुपैयाँको सम्पत्तिसँगै चीनको हुइयान एसियाकी सबैभन्दा धनी महिला हुन् । आफ्नो बुवाको रियल स्टेट सम्हालेकी ३३ वर्षीय हुइयान संसारको सबैभन्दा धनी युवती हुन् ।
यस्तैमा नेपाली मुलकी जमुना गुरुङ यसवर्ष अष्ट्रेलियाकी आठौँ धनी महिला बन्न सफल भएकी छिन् । गतवर्ष ११ औँ स्थानमा रहेकी उनी यसवर्ष २ सय ६४ मिलियन डलर सम्पत्तिसहित आठौँ नम्बरमा उक्लेकी छिन् । @ratopati


