Published On:Tuesday, March 3, 2015
Posted by Unknown
बिहेको नाममा काेरिया र चीनमा बेचिँदै नेपाली युवती
२० फागुन, काठमाण्डौ- नेपाली युवतीलाइ विदेशी पुरुषसँग विवाह गराउने नाममा विदेशमा बिक्री गर्ने गरेको खुलेको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ । यस्तो धन्दामा सम्लग्न रहेको आरोपमा राजधानीका म्यारिज ब्युरोमा छापा मारेर प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले मंगलबार महाराजगंजस्थित एक म्यारिज ब्युरोमा छापा मारेर एक कोरियन पुरुष र एक नेपाली महिलालाई पक्राउ गरेको हो ।
सो म्यारिज ब्युरोले नेपाली युवतीलाई कोरियन पुरुषसँग विबाह गराउँदै आएको सिआइबीले जनाएको छ ।
कोरियामा पुर्याएपछि युवतीको यौन र श्रम शोषणा गर्ने गरिएको पाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मानव तस्करीको नयाँ तरिका अपनाएको र सो म्यारिज ब्युरोले धेरै युवतीलाई कोरियनसँग विवाह गराइसकेको अनुसन्धानबाट खुलेको छ । पछिल्लो समय चीन र कोरियाका पुरुषसँग धेरै नेपाली युवतीलेबिहे गर्दै आएका छन्।


