Published On:Tuesday, March 3, 2015
Posted by Unknown
कोरियामा स्नातकलाई पीआर
२० फागुन, काठमाण्डौ- कोरियाको न्याय मन्त्रालयले त्यहाँका कुनै पनि विश्वविद्यालयबाट स्नातक वा सो भन्दा माथि उत्तिर्ण आप्रवासीलाई स्थायी बसोबासका लागि अनुमति (पीआर) दिने भएको छ। कारोबार दैनिकमा समाचार छ।
विज्ञान तथा इन्जिनियरिङमा स्नातक उत्तीर्ण भएका र कोरियामा वैधानिक रुपले ३ वर्षभन्दा लामो समय बसिसकेका जो कोहीले पीआर पाउनेछन्। यसका लागि वार्षिक २७ हजार अमेरिकी डलर आम्दानी भएको हुनुपर्छ।
‘६० वर्षदेखि कोरियामा कोही पनि कामदार स्थायी रुपमा बस्न पाएका छैनन् उनीहरुलाई सीमित अवधिका लागि मात्रै ल्याइन्छ,’ कोरियाली मानवअधिकारवादी संस्थाले भनेको छ, ‘आशा गरौं आगामी दिनमा आप्रवासी कामदारले पनि पीआर पाउनेछन्।’


