Published On:Sunday, May 10, 2015
Posted by my storry

निःशुल्क उपचार गरेका छौ र गर्छौ, मनमोहन

काठमाण्डौ, २७ वैशाख, 
मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल, स्वयम्भूले भूकम्पबाट घाईते भएकाहरुलाई निःशुल्क उपचार गरिरहेको बताएको छ । 
केही सञ्चार माध्ययमा आएको समाचार प्रति खण्डन गर्दै जारी विज्ञप्तिमा आप्mनो अस्पतालले भूकम्प पिडितहरुलाई पूर्ण रुपमा उपचार गराएको जनाएको छ ।



विज्ञप्तिको पूर्ण पाठ  

मिति ः २०७२÷१÷२७
प्रेस विज्ञप्ती
श्रीमान् समाचार प्रमुख ज्यू,
..............................
                                 
२०७२÷०१÷१२ गते गएको भुकम्पपछि यस मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल, स्वयम्भूले भुकम्प गएको पहिलो दिन देखिनै घाईतेलाई निशुल्क उपचार गरिरहेको जानकारी गराउछौं । यस अस्पतालले भूकम्प प्रभावित घाईतेबाट शुल्क लिएको भन्ने समाचार सार्वजनिक भएकोमा हाम्रो ध्यानकर्षण भएको छ । भूकम्प प्रभावित जो कसैले हाम्रो अस्पतालमा उपचार खर्च तिरेको प्रमाण लिएर आउनु भए जस्तोसुकै कारवाही भोग्न अस्पताल तयार रहेको जानकारी गराउछौं । केहि अस्पतालसग हाम्रो अस्पतालको नाम जोडेर भूकम्प प्रभावित विरामीबाट शुल्क लिएको भन्ने समाचारले हामीलाई दुखित तुल्याएको छ । स्थापनाकाल देखि नै जनताको स्वास्थलाई प्राथमिकता राखेर सहुलियत र सुलभ उपचार सेवा दिदै आएको यस अस्पतालले यस्तो राष्ट्रिय विपतीमा उपचार शुल्क नलिएको स्पष्ट पार्छौ । भूकम्प गएको दिनदेखि यस अस्पतालमा आएका सामान्य देखि गम्भिर प्रकृतिका ४५७ जना घाईतेहरु मध्ये सामान्य उपचार पश्चात  ३३४ जना घर फर्किसकेका छन् । १२३ जनालाई भर्ना गरिएकोमा केहीलाई थप उपचार पश्चात डिस्चार्ज गरिएको छ । ४० जनालाई यहि अस्पतालमा अप्रेशन गरिएको छ । थप ७४ जना अप्रेशनको पालोमा राखिएका छन् ।  उनीहरुको अप्रेशन पनि चाडै हुदै छ । १६ जनालाई भने अन्य अस्पतालमा रिफर गरिएको छ । सरकारी एवं गैर सरकारी निकायबाट हालसम्म कुनै सहयोग प्राप्त नभए पनि भूकम्प पिडित सबै बिरामीको सहज र सरल रुपमा उपचार गर्नुका साथै औषधी रगत आदिको अत्यन्त कठीन ब्यवस्थापनमा प्राविधिक एवं प्रशासनिक कर्मचारी एवं चिकित्सकहरु एवं नर्सिङ्ग तथा प्यारामेडिकल टिमहरु अहोरात्र खटी रहेका छन् । सोहि क्रममा अमेरिकाको ग्तबज ग्लष्खभचकष्तथ तथा क्ष्लतभचलबतष्यलब िःयगलतबष्ल ःभमष्अब िऋभलतचभ का विशेषज्ञ चिकिसकहरु म्च। त्जयmबक ध्जष्तभ को नेतृत्वमा आएको चार जनाको टिमले च्ष्द ँष्हबतष्यल क्गचनभचथ गरेको छ । जुन उपचार प्रक्रिया एशियाकै पहिलो शल्यक्रिया हो । सो टिमले यस अस्पताललाई च्ष्द को शल्यक्रिया गर्ने सम्पूर्ण सेट उपकरणहरु भविष्यमा प्रयोग हुने गरी उपलब्ध गराएकाले आगामी दिनमा यस्ता विरामीले यस अस्पतालबाट सहज उपचार पाउन सक्ने भएका छन् । त्यस्तै यस अस्पतालले भुकम्प पिडितहरुलाई बंगलादेशमा अध्ययनरत विद्यार्थीको सहयोगमा अस्पताल बाहिरको गोलढुङ्गा र ँचष्भलमक या ल्भउब िको सहयोगमा धादिङको विभिन्न स्थानहरुमा विदेशी चिकित्सकको सहयोगमा शिविर समेत संचालन गरेको छ । भविष्यमा पनि यस्ता शिविरहरु संचालन गरि नागरिकलाई उपचार सेवा प्रदान गर्ने योजना रहेको जानकारी गराउछौं । घाइतेको उपचारको सन्दर्भमा यस अस्पतालले सम्पूर्ण सेवाहरु निशुल्क उपलब्ध गराएको र १२ गतेका दिन केही विरामीहरुले उपचारार्थ राखेको डिपोजिट रकम समेत फिर्ता गरिसकेको अवस्थामा केही सञ्चार माध्यमहरुले यस अस्पतालमा दर्ता एवं भर्ना नै नभएका काल्पनिक घाइतेको नाम उद्दृत गर्दै मनमोहन अस्पतालले महंगो शुल्कमा भुकम्प पिडितहरुको उपचार गरिरहेको गलत समाचार प्रकाशन प्रशारण गरेकोमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । सर्वसुलभ र निशुल्क उपचारका लागि यस अस्पतालमा सम्पर्क राख्न हामी सम्पूर्ण भूकम्प प्रभावित विरामीलाई आग्रह गर्छौ । 

डा. राम प्रसाद श्रेष्ठ
अस्पताल निर्देशक

0 comments for "निःशुल्क उपचार गरेका छौ र गर्छौ, मनमोहन "

Leave a reply

    Popular Posts

    Blog Archive