Published On:Thursday, May 7, 2015
Posted by dadad
भ्रामक समाचार संप्रेशण नगर्न प्रहरीको चेतावनी (विज्ञप्ती सहित)
२४ वैशाख, काठमाडौं । केही अनलाईन संचार माध्यमहरुले भ्रामक समाचारलाई महत्व दिई संप्रेशण गरेको भन्दै प्रहरी प्रधान कार्यलयले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । विनाशकारी भूकम्पले ल्याएको त्रासलाई सहज रुपमा ल्याउनका लागि महत्वपूर्ण भुमिका निर्वाह गर्नुपर्ने संचार माध्यमले नै हचुवाको भरमा सुचना संप्रेशण गरेकोप्रति प्रहरी प्रधान कार्यलयले निक्कै दुःख व्यक्त गरेको छ ।
प्रहरी प्रवक्ता तथा प्रहरी नायम बहानिरिक्षक कमलसिंह बमले बिहीबार विज्ञप्ती निकालेर राज्यका सम्पूर्ण सरकारी तथा नीजि संयन्त्रको ध्यान जनजिवनलाई सामान्यीकरण बनाउनतर्फ लाग्नुपर्ने बताएका छन् ।
बमले विज्ञप्ती मार्फत समाजमा भ्रम सृजना फैलाउने किसिमका तथ्यहिन सामग्री प्रशारण गर्ने जुन कुने संचार माध्यमलाई पनि बाँकी नराख्ने चेतावनी दिएका छन् । केही संचार माध्यममा कार्यरत पत्रकारहरुलाई कानुनी दायरामा ल्याईसकिएको भन्दै उनले त्रास सृजना गराउने खालका कुनै पनि सामग्री प्रेसित नगर्न आग्रह गरेको छ ।


