Published On:Thursday, May 7, 2015
Posted by dadad
नेपाललाई स्विट्जरल्यान्डले ९ करोड बढी सहयाग गर्ने
२४ बैशाख, काठमाडौं । विनाशकरी भूकम्पबाट पीडित भएकाहरुका लागि स्विट्जरल्याण्डले ९ करोड ७२ लाख रुपैयाँ राहत स्वरुप सहयोग उपलब्ध गराउने भएको छ ।
रामेछाप, ओखलढुङ्गा, खोटाङ र दोलखाका २० हजार भूइँचालो पीडितलाई अस्थायी बासको व्यवस्था तथा दोलखाका पाँच हजार पीडितलाई खाद्य सामग्री वितरणमा सो सहायता रकम खर्च गरिने नेपाल स्थित स्विस राजदूतावासले जनाएको छ ।
विकासका लागि स्विस सहयोग नियोग (एसडिसी) ले भूकम्पपछिका सहायताका कार्यक्रम कार्यान्वयन गर्न ४९ करोड ७० लाख प्रदान गर्ने दूतावासले जनाएको छ ।


